गाडीको यी ५ कुरामा ध्यान नपुर्‍याउँदा बीच बाटोमा पाइन्छ दुःख


२९ असार २०७५, शुक्रबार
motorcycle service centre

काठमाडौं, २९ असार । मोटरसाइकल चलाइरहेका बेला कतै तपाईले पनि बीच बाटोमै दुःख पाउनु त भएको छैन ? यदि तपाई मोटरसाइकल चलाउन थालेको लामै समय भयो भने पक्कै पनि एक न एक पटक पक्कै बीच सडकमा सास्ती भोग्नु भएको हुनुपर्छ ।motorcycle service centre

आखिर किन यसरी बीच बाटोमा मोटरसाइकलले दुःख दिन्छ ? कहिले विचार गर्नु भएको छ ? आफूले चलाउने सवारीको पाँच कुरामा ध्यान नपुग्दा तपाईले बीच सडकमा दुःख पाउनु पर्ने हुन्छ । आफ्नो दैनिकीलाई सहज बनाउँदै हामीलाई यात्रामा सहयोग गर्ने मोटरसाइकलको सर्भिसिङ गर्दा के–के गरिन्छ भन्ने कुरा थाहा भएको पाइँदैन । सर्भिसिङ भइसकेपछि पार्टपूर्जा सफा भए नभएको र आवश्यक सेवा मिले–नमिलेकोबारे पनि कमैले चासो लिने गरेको पाइँदैन ।

मोटरसाइकल सर्भिसिङ गर्न छाडिदिने चलन छ र भनेको समयमा आएर लिएर जाने गरिन्छ । के बन्यो वा बिग्रिएको छ कसैले वास्ता गर्दैन । मोटरसाइकलको समयमा नै सर्भिसिङ गरेमा टिकाउपन क्षमता र माइलेज बढ्ने गर्छ । नयाँ किन्दा पनि कम्पनीहरुले निश्चित अवधि वा गतिको मापनपछि सर्भिसिङ गर्न सुझाव दिने गर्दछन् । समयमै सर्भिसिङ गराउने मात्रै नभई सर्भिसिङपछि मोटरसाइकललाई आफूले पनि परीक्षण गर्नुपर्नेमा मेकानिकहरु जोड दिन्छन् । मोटरसाइकल सर्भि्सिङ गर्दा यी निम्न कुरामा ध्यान दिनुपर्छ ।

मोबिल चेक गर्ने

सर्भिसिङ गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा मोबिल हो । मोबिल कम भयो भने इन्जिनमा धेरै असर पर्ने गर्छ । ‘साधारणतया मोटरसाइकल १२ सयदेखि १५ सय किलोमिटर गुडेपछि मोबिल फेरिसक्नु पर्छ । तर २ हजार किलोमिटर माथि नपुगी धेरै जसोले सर्भिसिङ गर्ने गरेका छैनन् ।

कार्बोरेटरमा ध्यान दिने

कार्बोरेटरले इन्जिनलाई जरुरत अनुसार हावा र इन्धन पुर्‍याउने काम गर्छ । हावा र इन्धनलाई समूचित रुपमा मिश्रित गर्ने डिभाइस नै कार्बोरेटर हो । मोटरसाइकल कुद्नका लागि यसले इन्जिनलाई शक्ति प्रदान गर्छ । उच्च गतिमा बाइक कुदाउँदा कार्बोरेटर बढी मात्रामा सक्रिय रहन्छ । कहिलेकाँही खासगरी चिसोमा मोटरसाइकल राम्ररी स्टार्ट हुन नसकेको अवस्थामा हामी कार्बोरेटरमाथि जोडिएको ‘चोक’ तानेर स्टार्ट गर्छौँ । जब ‘चोक’ तान्छौँ त्यसपछि कार्बोरेटरले बढी शक्ति उत्सर्जन गरी स्टार्ट हुनका लागि मद्दत पुग्छ । उपयुक्त तवरले कार्बोरेटरले काम गरे नगरेको मोटरसाइकलको आवाजबाट पनि पत्ता लगाउन सकिन्छ ।

एयर फिल्टर सफा गर्ने

एयर फिल्टरले धुलो इन्जिनमा पस्नबाट रोक्ने हुनाले सर्भिसिङ गर्दा यसमा पनि ध्यान दिनु जरुरी हुन्छ । एयर फिल्टर सफा नहुने हो भने धुलो इन्जिनमा गई असर पर्ने र अन्य प्राविधिक समस्या निम्तिन सक्ने छ ।

ब्रेक र ब्रेक आयल चेक गर्ने

ब्रेक सवारीसाधनको अत्यन्तै जटिल पूर्जा हो । यसमा चालकले निकै ध्यान दिनु जरुरी छ । समस्या नआए पनि प्रत्येक पटक सर्भिसिङ गर्दा ब्रेकमा ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् । त्यस्तै डिक्स ब्रेकभएका मोटरसाइकल छ भने, ब्रेकआयल पनि चेक गर्नु जरुरी छ ।

फ्यूल पाइप चेक गर्ने

फ्युल पाइप अर्थात फ्युल लाइन पनि सर्भिसिङका क्रममा चेक गरिन्छ । फ्यूल लाइनमा अवरोध आएमा इन्धन चुहिने, इन्धन सर्कुलरमा अवरोध आई, स्टार्ट नहुने वा बीचबीचमा बन्द हुने जस्ता समस्याहरु देखा पर्छ । यदी फ्यूल पाइप जाम भएको वा प्वाल परेको भए नयाँ नै फेर्नुपर्छ । यी बाहेक टायरको एयर प्रेसर चेक, ब्याट्रीको समय–समय चेक, ट्याङ्की, लाइट, चेन, हर्न जस्ता पार्टसको चेक जाँच गर्नुपर्छ । यसो भयो भने मात्र तपाईले सडकमा दुःख नपाई समयमै आफ्नो गन्तव्यमा पुग्न पाउनु हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७