दक्षिण कोरियामा नेपाललाई तेक्वान्दोको टिम फाइटमा स्वर्ण


२९ असार २०७५, शुक्रबार
दक्षिण कोरियामा नेपाललाई तेक्वान्दोको टिम फाइटमा स्वर्ण

 

काठमाडौं,२९असार। दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोली सम्मिलित पुरुषको टिम फाइटमा नेपालले स्वर्ण जितेको छ ।दक्षिण कोरियामा नेपाललाई तेक्वान्दोको टिम फाइटमा स्वर्ण

दक्षिण कोरियाको पोहाङमा शुक्रबार भएको पुरुषतर्फको टिम फाइटमा नेपालले फाइनलमा कोरियाको सिहान युनिभरसिटीलाई ५८–४६ को स्कोरे हराउँदै स्वर्ण जितेका थिए ।
पाँच खेलाडी सम्मिलित पुरुष टिमले सेमिफाइनलमा पनि कोरियाकै टिमलाई ४८–४१ ले हराउँदै फाइनलको यात्रा तय गरेको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । पुरुष टिममा अनुज पुजारी, ज्ञानेन्द्र हमाल, वीर महरा, सागर गुभाजु र भुपेन्द्र श्रेष्ठ थिए । शुक्रबार नै भएको महिलातर्पmको टिम फाइटमा भने नेपाली महिला टोली रजत पदकमै सीमित भए । ३ राष्ट्र सम्मेलित टिम फाइटको फाइनलमा नेपाली महिला टिम चिनसँग ५६–४८ ले स्तब्ध भएको थियो ।
त्यसअघि नेपालले कोरियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पुरुषतर्फ पनि ५ खेलाडी नै थिए । नेपाली महिला टिममा ज्ञानी चुनारा, निमा गुरुङ, निसा रावल, संगिता बस्याल र अस्मिता खड्का रहेको प्रशिक्षक विष्टले जानकारी दिए । तीन दिनको खेलबाट खेलाडीको मुल्याङकन र आगामी दिनमा सुधार गर्नु पर्ने अवस्थाबारे जानकारी लिन सहज भएको प्रशिक्षक विष्टले जानकारी दिए । खेलाडीको प्रदर्शनमा देखिएका केही कमजोरी पक्ष आगामी एसियन गेम्समा सुधार गर्दै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू विस्वस्त रहेको प्रशिक्षक विष्टले जानकारी दिए । नेपाली टोली शुक्रबारदेखि नै छुम्बिक हेल्थ एन्ड साइन्स युनिभरसिटीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७