दक्षिण एशियाली आईटिएफ तेक्वान्दोमा सोनी र तुलसालाई स्वर्ण


२९ असार २०७५, शुक्रबार
दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो शुरुसोनी र तुलसालाई स्वर्ण

काठमाण्डौं, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपराष्ट्रपति नन्दवहादुर पुनले शुक्रवार उद्घाटन गरेका छन् । नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) संघको आयोजनमा संचालन भएको प्रतियोगिताको पहिलो दिन नेपालकी सोनी खड्का र तुलसा राजथलाले स्वर्ण जितेका छन् ।दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो शुरुसोनी र तुलसालाई स्वर्ण 2

सोनीले महिला सिनियर ब्लक बेल्ड तेश्रो डानमा स्वर्ण जित्दा तुलसाले महिला सिनियर ब्लक बेल्ड चौथो डानमा स्वर्ण हात पारेकी हुन् ।

त्यस्तै महिला सिनियर ब्लक बेल्ड दोश्रो डानमा निस्मा बस्यालले स्वर्ण हात पारिन् । पुरुष सिनियर ब्लक बेल्ड पाँचौ डानमा नेपालका खेमवहादुर क्षेत्रीले स्वर्ण जिते । तीन दिने प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्क्मििनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् ।दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो शुरुसोनी र तुलसालाई स्वर्ण

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा इभेन्टहरु समाबेश गरिएको छ । उद्घाटनका अवसरमा आयोजक नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले उपराष्ट्रपति पुन समक्ष मायाको चिनो प्रदान गरेका थिए । सोही अवसरमा उपराष्ट्रपति पुनले युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार९बिश्वकर्मा०नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघीय सभासद् नारायण प्रसाद खतिवाडा,पुर्व मन्त्री कर्ण थापालगायतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७