पर्यटन विश्वविद्यालय स्थापना गरिने : मन्त्री अधिकारी


३० असार २०७५, शनिबार
rabindra1

काठमाडौं, असार ३०: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरूलाई तालिम दिने योजना पनि अघि सारे।rabindra1

शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरूको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी पनि गरे।मन्त्री अधिकारीले ३ वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ७ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए। ।

मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्वे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाइ छ।

कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरू क्रियाशील रहेको बताए। गौरीशंकर पालिकाका प्रमुख सोयमबहादुर खड्काले पर्यटन क्षेत्रको विकासलाई गौरीशंकर गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७