बेल्जियमलाई विश्वकपको तेस्रो स्थान, इंल्याण्ड २–०ले पराजित


३० असार २०७५, शनिबार

काठमाडौं, ३० असार (एजेन्सी) । रसियामा जारी विश्वकपमा बेल्जियमले तेस्रो स्थानमा रहन सफल भएको छ । सेन्ट पिटरवर्ग रंगशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० गोलले हराउँदै उसका लागि ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको हो ।

जितसँगै यस विश्वकपमा कास्यपदक हात पारेका छन् । सन् १९३०मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउन सुरु गरेको बेल्जियमले पहिलो पल्ट यो उपलब्धि हात पारेको हो । यसअघि सन १९८६ मा चौथों हुन सफल भएको थियो ।

ऐतिहासिक उपलब्धि हासिल गर्दा इंग्ल्याण्डविरुद्ध बेल्जियमका थोमस म्युनियर र इडन हार्जार्डले गोल गरेका थिए । खेलको ३ मिनेटमा नासिर चादिलले कर्नरको क्षेत्रबाट दिएको पासलाई थोमस म्युनियरले क्रस गर्दै गोल बेल्जियमका लागि अग्रता दिलाएका थिए । यो गोलसँगै म्युनियर यस विश्वकपमा बेल्जियमका लागि गोल गर्ने १० औं खेलाडी बने ।belgium player worldcup 2018

यस्तै पहिलो हाफमा १–० को अग्रता लिएको बेल्जियमका लागि इडन हार्जाडले ८१ औं मिनेटमा दोस्रो गोल गर्दे अग्रता दोब्बर पारे । डी बक्सभित्र इंग्ल्याण्डका फिल जोन्सलाई पछि पार्दै गोल गरेका थिए ।

बेल्जियम सेमिफाइलनमा फ्रान्ससँग पराजित भएको थियो । भने इङ्ल्यान्डलाई क्रोएसियासँग पराजित भएको थियो ।

belgium player worldcup 20180714141159 1

1531579228571 lc galleryImage Soccer Football World Cup

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७