१९९८ विश्वकप फाइनल अझै रहस्यमय


३१ असार २०७५, आईतवार
yt3

एजेन्सी,३१ असार: फ्यान्स, रिपोर्टर्स र कमेनटेटर्सका साथै बीबीसीका जोन मोटसन फाइलन खेल शुरु हुन ७२ मिनेट अगाडि स्तब्ध भए, जब उनीहरुले रोनाल्डोको नाम प्लेइंग इलेभनमा देखेनन्। १९९८ विश्वकपका नायक थिए रोनाल्डो। रोनाल्डोको कुहिनोमा चोट परेको भन्ने शुरुवातमा ब्राजिलका खेलाडीले जनाएका थिए । पछि पेट दुःखेको बताइएको थियो ।yt3

एडमन्डोलाई शुरुवाती लाइनमा राखेको थियो । ३० मिनेट पछि दिएको टिम शीटमा रोनाल्डोको नाम समावेश गरियो र एडमन्डोलाई बेन्चमा बसाइयो । फिटनेसको चिन्ताको भुमरीमा रहे पनि रोनाल्डोलाई ९० मिनेट खेलाइयो तर ब्राजिलले त्यो खेल ३–० ले हारेको थियो । फ्रान्सका जिनेदिन जिदानले दुई र एम्मेनुल पेटिटले एक गोल गरेर ब्राजिलको लगातार दुई पटक विश्वकप जित्ने सपना चकनाचुर पारेका थिए ।

पराजित भएपछि ब्राजिलियन लिजेन्ड रोनाल्डोले उनको नाइक जुत्ता गर्दनमा झुन्ड्याएर निरास व्यक्त गरेका थिए । उनी सन्चो नभए पनि खेलिएको एडमन्डोले बताएका थिए । उनले भने कि प्रायोजक कम्पनी नाइकले रोनाल्डोलाई खेल्न दवाव दिएको थियो ।

अर्को हल्ला यो पनि चल्यो कि ब्राजिलले १९९८ विश्वकप फ्रान्सलाई बेचेको थियो । ग्लोबो टीभी नेटवर्कमा यस्तै इमेल आएको दाबी गरिएको थियो । भनाइअनुसार ब्राजिलले २ करोड ३० लाख डलर प्राप्त गरेको थियो ।१९९८ विश्वकप फाइनल अझै रहस्य नै5481

घरेलु टोली फ्रान्सले जितेर फिफा अध्यक्ष सेप ब्लाटरलाई खुशी पारेको र यसले प्रतियोगिता सफल भएको देखाउनको लागि थियो । ब्राजिलले १९९८ विश्वकप बेचे वापत २००२ विश्वकप जित्न दिनु र २०१४ विश्वकपको आयोजना गर्न दिनु पनि हल्ला चल्यो ।

रोनाल्डोले चार वर्षपछि विश्वकप २००२ मा उपाधि दिलाए । ब्राजिलले उपाधि जित्दा रोनाल्डोले ८ गोल गरेर गोल्डेन बूट हात पारेका थिए । जापान र दक्षिण कोरियामा आयोजित भएको विश्वकप फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले हराएको थियो।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७