कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्य


३१ असार २०७५, आईतवार

उर्लाबारी,३१ असार । मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।accident

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ८ च ३०९७ नं को कारले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ७८१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते भएको र उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७