१७ स्थानीय तहमा खटाइयो उपसचिव, को–कहाँ ? (नामसहित)


३१ असार २०७५, आईतवार
lalbabu pandit 1

काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भरतपुर र पोखरा महानगरपालिकासहित १७ स्थानीय तहमा उपसचिव खटाएको छ ।lalbabu pandit 1

मन्त्रालयले भरतपुर महानगरको सहायक प्रशासकीय प्रमुखमा सिर्जना थपलिया र पोखरा महानगरको सहायक प्रमुख प्रशासकीय प्रमुखमा कृष्णकुमारी श्रेष्ठलाई खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले साउनभित्र सबै स्थानीय तहमा कर्मचारी र प्राविधिकहरु पुर्‍याउने भन्दै बाँकी रहेका स्थानीय तहमा पनि कर्मचारी पुर्‍याउने गरी तयारी शुरु गरेको जानकारी दिएको छ ।

को–को कहाँ खटिए ?

–बर्दियाको राजापुरमा– केशवराज सुवेदी
– कैलालीको लम्कीमा स् दशरथ बुढा
– कैलालीको घोडाघोडीमा– सुरेश सुनार
– कञ्चनपुरको भीमदत्तमा– मेघनाथ रिजाल
–रुकुमको चौरजहारीमा– ज्ञानहरि घिमिरे
–सुर्खेतको पञ्चपुरीमा– यज्ञ पुरिला
–जुम्लाको चन्दननाथमा– हरि पंगेनी
–सर्लाहीको बागमतीमा– शिवराम रेग्मी
–सर्लाहीको बलरामा– ज्ञाननाथ ढकाल
–सर्लाहीको गोडैतामा– विकाउकुमार यादव
– सिरहाको मिर्चैयामा– कविराज उप्रेती
–बाराको कोल्बहीमा– हरेन्द्रकुमार श्रेष्ठ
–खोटाङको हलेसी– तुवारुङमा सूर्यप्रसाद उपाध्याय
– खोटाङको दिक्तेलमा– रेखा पाण्डे केसीलाई
–इलामको माइ नगरपालिकामा– माधवप्रसाद ढकाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७