मेगा बैंकको अध्यक्षमा दोस्रोपल्ट शाह


३१ असार २०७५, आईतवार
1531640622

काठमाडौं, ३१ असार । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौं सम्पन्न साधारणसभाले आउँदो चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।1531640622

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भए ।

सञ्चालकमध्येबाट सर्वसम्मत रूपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताएका छन् । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उनले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्न वर्गको पहुँचमा पु¥याउने बताएका छन् ।

यसैगरी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने दावी गरिन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरूसहित मेगा बैंकलाई नयाँ ढङ्गले अघि बढाउने प्रतिवद्धता जनाइन् ।
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौं वर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनसन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल, ७४ वटा एटीएम छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७