विश्वकप २०१८को महाभिडन्त : फ्रान्स र क्रोएसियामध्ये कसले जित्ला ?


३१ असार २०७५, आईतवार
france vs croatia

काठमाडौं, ३१ असार । रसियामा जारी विश्वकप फुटबलको महाभिडन्त अर्थात फाइनल खेल आज (आइतबार) हुँदैछ । राजधानी मस्कोको लुज्निकी रंगशालामा नेपाली समय अनुसार पौन ८ बजे हुने खेलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यका साथ फ्रान्स मैदान उत्रिन्दैछन् ।

france vs croatia

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोर्होयाउन चाहेको छ ।

फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो । विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो । अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो ।

२० वर्ष अघि फ्रान्सले क्राेएसियालार्इ सेमिफाइनलमा पराजित गरेकाे थियाे ।  भने क्राेएसियाले नेदरल्याण्डलाई हराउँदै तेस्रो स्थान हात पारेका थिए ।

दी ब्लेजर्स् उपनाम पाएका क्रोएसिया
क्रोएसया विश्वकपको पाँचौँ सहभागितामा पहिलोपटक फाइनल खेल्न लागेको हो । यो टोलीलाई स्वर्णिम पुस्ता मानिन्छ । सन् १९९८ मा डाभोर सुकरको प्रेरणामा विश्वकपको सेमिफाइनलसम्म पुगे पनि दी ब्लेजर्स् उपनाम पाएको थियो ।

क्रोएसिया युगोस्लाभियाबाट स्वतन्त्र भएपछि सन् १९९२ मा क्रोएसियन टोली फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफामा पुन: दर्ता भएको हो । त्यसयता उसले दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपबाहेक सबै संस्करणमा सहभागिता जनाउँदै आएको छ । सन् १९९८ मा विश्वकपको तेस्रो स्थान हात पारेको क्रोएसियाले तत्कालीन समयमा फिफा वरीयतामा पनि छलाङ मार्द १२ औं स्थानमा रहेको क्रोएसिया पछि तेस्रोमा उक्लिएको थियो ।

क्रोएसिया अर्जे्न्टिना, नाइजेरिया र विश्वकपको डेब्युडेन्ट टोली आइसल्यान्ड रहेको समूह ‘डी’मा सबै खेल जित्दै समुह बिजेता बनेको थियो । उसले नाइजेरियालाई २–० , अर्जे्न्टिनालाई ३–० ले र आइसल्यान्डमाथि २–१ गोलले हराएको थियो ।
नकआउट चरणमा डेनमाकविरुद्ध पेनाल्टी सुटआउट हराएको थियो । खेलको पहिलो ४ मिनेटमै दुवै टोलीले १–१ गोल गरे पनि बाँकी ९० मिनेट र थपिएको आधा घन्टामा पनि गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । गोलरक्षक ड्यानियल सुवासिचले उत्कृष्ट प्रदर्शन गरे पनि क्रोएसिया अन्तिम ४ मा प्रवेश गर्दा पेनाल्टी सुटआउटमा ३–२ ले विजयी भयो ।

घरेलु भूमिमा भएको विश्वकपमा चामत्कारिक प्रदर्शन गरेको रुसलाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमै ४–३ ले हराएको क्रोएसियाले सेमिफाइनलमा आधुनिक फुटबलको जन्मदाता इंग्ल्यान्डलाई २–१ ले हराएको थियो ।

उत्कृष्ट प्रदर्शन गर्दे फाइनल पुगेको टिम फ्रान्स
रुस विश्वकप सुरु हुँदासम्म पूर्वविजेता फ्रान्सलाई फाइनलमा पुग्लान भन्नेहरुको संख्या धेरै थिएन । समूह चरणमा पनि फ्रान्सले डेनमार्क, पेरु र अस्ट्रेलियालाई प्रतिद्वन्द्वी पायो । जसमा डेनमार्कसँग बराबरी खेल्यो ।

फ्रान्सका लागि नकआउट चरणमा अर्जेन्टिना ४–३ले हराउन सफल भयो । भने क्वार्टरफाइनलमा अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई २–० ले हरायो । सेमिफाइनलमा बेल्जियमलाई १–० ले मात दियो । उक्त प्रदर्शनपछि फ्रान्सलाई रुस विश्वकपकै सन्तुलित टिम मानिएको छ । फ्रान्सले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते ।

२० वर्षअघि  फ्रान्सले क्राेएसियालार्इ सेमिफाइनलमा पराजित गरेकाे थियाे ।  तुलनात्मक रुपमा बलियो फ्रान्स तेस्रो पटक यसअघि १९९८ र २००६० फाइनल खेल्न लागेको हो। सन् १९९८ मा उपाधि उचाल्दा अहिलेका प्रशिक्षक डिदिइर डेसच्याम्प्स तत्कालिन कप्तान थिए। ब्राजिललाई ३–० ले पराजित गर्दै डेसच्याम्प्सले ट्रफी उचालेका थिए।

यस्तै फ्रान्स स्वदेशमै भएको युरो कपको फाइनलमा पुगेको टोली पोर्चुगलसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७