लगानीकर्तालाई बाँडियो ३३ अर्ब २ करोड बोनस शेयर, कुन कम्पनीले कति दिए ? (सूचीसहित)


३१ असार २०७५, आईतवार
bonas sare

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्ष ०७४–०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत विभिन्न क्षेत्रका १०९ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस शेयर बाँडेको छ । ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस शेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । कम्पनीले न्यूनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस शेयर दिएका छन् ।bonas sare

अधिकांश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट शेयर धनीलाई बोनस शेयर वितरण गरेका हुन् । बोनस शेयर वितरण गर्नेमा अधिकांश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस शेयर दिएको बोर्डले जानकारी दिएको छ ।

सबैभन्दा बढी बोनस शेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई ११४ प्रतिशत बोनस शेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । अधिकांश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस शेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापूँजी बढाउन बोनस शेयर वितरण गरेका छन् ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, एनएमबी बैंकको बोनस शेयर सूचीकृत हुन बाँकी छ । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापूँजी बढाउन लगानीकर्तालाई बोनस शेयर वितरण गरेका हुन् । बैंकले न्यूनतम चुत्तापूँजी पुर्‍याएकाले आउँदो वर्षदेखि लगानीकर्ताले बोनस शेयर पाउने सम्भावना कम छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको सम्भावना बढी रहेको जनाइएको छ ।

हेर्नुस् सूची

1234

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७