मोवाइलको ‘डाटा’ र ‘प्याक’ शुल्क बढ्दै, अब कति तिर्नुपला ?


३१ असार २०७५, आईतवार
mobile 1
फाइल फोटो

काठमाडौं, ३१ असार । मोवाइल बोक्नेहरु सबैले इन्टरनेट नचलाउने कुरै भएन । तपाईले पनि विभिन्न मूल्यको प्याक खरिद गरी इन्टरनेट सेवा लिइरहनु भएको होला । तर, अब तपाईले चलाइरहेको मोवाइलको ‘प्याक’ शुल्क बढ्ने भएको छ । mobile 1

नेपाल सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ ।
यसअनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुने कम्पनीले जनाएको छ । एडीएसएल लगायत प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई प्याकमार्फत थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको छ ।

कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजीरफोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइनेछ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार विभिन्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन गरिएको छ । अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७