पर्यटन विकासका लागि पूर्वाधार जरुरी


३१ असार २०७५, आईतवार
kailali a

धनगढी,३१ असार । पर्यटनको प्रवद्र्धन एवं विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज यहाँ आयोजित प्रदेश नं ७ को पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धी छलफल कार्यक्रमका सहभागीले प्रदेश नं ७ मा गुरुयोजना बनाएर पर्यटन विकासका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए ।kailali a

सहभागीले प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना, गौरीफन्टा नाका र गड्डाचौकी नाकाको स्तरोन्नति, हिन्दूहरुको पवित्रस्थल मानसरोवरसम्म पुग्नका लागि उत्तर दक्षिण जोड्ने गरी सडक सञ्जाल निर्माणलगायतका पूर्वाधार निर्माणमा सरकारको ध्यान पुग्नुपर्ने बताए । छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सरकार स्पष्ट योजनाका साथ अघि बढेको बताए ।

सरोकारवालासँग समन्वय गरेर सरकार पर्यटन विकासको काममा अघि बढ्न लागेको उल्लेख गर्दै मन्त्री अधिकारीले भन्नुभयो – ‘पर्यटनको विकासका लागि प्रदेश नं ७ मा यस अघिका वर्ष भन्दा बढी बजेट छुट्याउन लागिएको छ ।’कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलगायतले पनि प्रदेश नं ७ को पर्यटन विकासका बारेमा बोलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७