विश्व युवा दक्षता दिवसका दिन डल्लुमा सम्पदा दौड सम्पन्न


३१ असार २०७५, आईतवार
jhalnatha khabnal

काठमाडौं,असार ३१: नेपालमा पर्यटन विकासका लागि डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा सम्पदा दौड कार्यक्रम सम्पन्न भएको छ ।jhalnatha khabnal
बिश्व सम्पदा क्षेत्र परेकोे स्वयम्भुको भुईखेलबाट शुरू भएको उक्त कार्यक्रम भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा दौड कार्यक्रम समापन भएको थियो ।

विश्व युवा दक्षता दिवसको सन्दर्भमा पारेर गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको हरेक विकासका लागि युवाहरू जुझारूका साथ आफ्नो दक्षता प्रयोग आवश्यक रहेको बताए।
उक्त कार्यक्रममा बिभिन्न जिल्लाहरू, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितिय र तृतिय हुनु भएका खेलाडीहरूलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालबाट मेडल र ट्रफी तथा नेपाल ओलम्पिक कमिटी अध्यक्ष तथा  सांसद जिवनराम श्रेष्ठबाट प्रमाणपत्र प्रदान गरेको हो । का .म.पा. १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल र नेपाल ओलम्पिक कमिटी अध्यक्ष तथा माननीय सांसद जिवनराम श्रेष्ठले कार्यक्रमको महत्वबारे बताए।jiban ram shrestha

नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्व सामु चिनाउने उद्देश्यका साथ समाज वा राष्ट्रको बिकासमा टिम वर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारीगरेको हो ।

उक्त सम्पदा दौड हरेक वर्ष गरी प्रत्येक वर्षको कार्यक्रममा विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने कुरा बताए । कार्यक्रमको सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७