नेपाल टेलिकमले फोन र इन्टरनेटको मूल्य नबढाउने


३१ असार २०७५, आईतवार
Nepal Telecom central office HQ logo night data pack

काठमाडौं, असार ३१: नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा मूल्य नबढाउने भएको छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।Nepal Telecom central office HQ logo night data pack

यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ ।नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । सरकारले लगाएको कर टेलिकम आफैले बहन गर्ने भएको छ।

कम्पनीले एडिएसलमा पनि पुरानै शुल्कलाई निरन्तरता दिने भएको छ। सरकारी स्वामित्वको टेलिकमले केही प्याकेजमा मूल्य समायोजन गरेको छ भने केहीमा पुरानैलाई निरन्तरता दिएको छ।

विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको वैद्यले जानकारी दिइन्।

त्यस्तै अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य भने केही बढाइएको छ। यी प्याकेजमा २५ देखि ५० प्रतिशत सम्म बोनस पनि दिइने वैद्यले बताइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७