सरकारी बजेटमा ट्रेड युनियन पदाधिकारीको रमाइलो ?


३१ असार २०७५, आईतवार
p dhakal

काठमाडौैं, ३१ असार । सरकारका मन्त्रालय, विभाग वा कार्यालयका प्रमुखहरु आर्थिक बर्षको अन्तिममा बजेट सक्नका लागि घुम्ने गरेका समाचार आइरहने गर्दछन् । तर मन्त्रालय र विभागमा भएका बेथितिविरुद्ध खबरदारी गर्नका लागि बनाइएको आधिकारिक ट्रेड युनियनका पदाधिकारी पनि बजेट सक्नका लागि घुमफिरमै मस्त भइरहेका छन् ।

p dhakal
दामनमा खाईपिई गर्दैरहेको टोलीको फोटो खिच्दै अध्यक्ष पुण्यप्रसाद ढकाल(कालो सर्टमा उभिएका)

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल बजेट सक्नकै लागि आफ्ना निकट मित्र र परिवारका साथ घुमघाममा निस्किएका छन् । र, मकवानपुरको दामनमा उनको टोली हुक्का र मदिराको तालमा रमाइरहेको दृश्य कैद गरेको तस्वीर सामाजिक संजाल फेसबुकमा उनका चालक मधु केसीले सार्वजनिक गरेका छन् । टोलीमा ढकालका परिवारका सदस्य पनि सामेल छन् ।
टोलीमा अध्यक्ष ढकालकी श्रीमती रजनी ढकाल समेत देखिन्छिन् । घुमघाम टोलीका महिला पुरुष दुवै सदस्यले मदिरा चियर्र्स गरेको तस्वीर समेत मंगलबारै सार्वजनिक भएको छ । अध्यक्ष ढकाल दामनमा रमाइरहेको टोलीको तस्वीर लिइरहेका छन् ।आधिकारिक ट्रेड युनियनको नेतृत्व गर्नेहरुले यसरी मदिरा पिएको र हुक्का तानेको तस्वीर सामाजिक संजालमा पोष्ट गर्ने काम उचित हो कि होइन त्यो समेत उनले छुट्याउन नसकेको देखिएको छ ।

यसैबीच, आधिकारिक ट्रेड युनियनलाई १ साताअघिमात्र सरकारले ५० लाख रुपैयाँ थप बजेट निकासा दिएको छ । यो बजेट यस्तै घुमघाम र खाईपिई गरेर सक्नका लागि अध्यक्ष ढकालको टोली दामन लगायतका स्थानतिर सयर गरिरहेको छ । आर्थिक बर्षको अन्तिममा प्रदेश भेला र केन्द्रीय भेलाको नाममा पहिला छुट्याइएको र एक साता अघि दिएको ५० लाख रुपैयाँ बजेटको बिल पेश गरी आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुले कुस्त फाइदा गर्न सफल भएका छन् ।

p dhkal 1
दामनमा मदिरा पिउँदै र हुक्का तान्दै टोली ।

यसैबीच, आधिकारिक ट्रेड युनियन अध्यक्ष ढकालले निजामती कर्मचारी संगठनले विगत लामो समयदेखि उठाउँदैआएको राजस्व समूह खारेज गर्ने एजेन्डालाई छाडेर लत्रिएका छन् । उनले ठूलै फाइदा लिएर राजस्व सेवा बनाउने गरी सम्झौता गरिसकेको आरोप छ । समूह र सेवा एउटै हो । राजस्व समूह लोकमानसिंह कार्कीको योजनामा कांग्रेसको तत्कालीन सरकारले गठन गरेको थियो । राजस्व समूह गठनपछि राजस्व अनुसन्धान विभागको पहिलो महानिर्देशक लोकमानसिंह कार्की भएका थिए ।

राजाप्रसाद सेवाका कर्मचारीलाई लोकसेवा नै पास नगरी चोरबाटोबाट छिराएर अर्थ मन्त्रालयमा लगी हर्ताकर्ता बनाउने काम कांग्रेसकै सरकारले गरेको थियो । लोकमान महानिर्देशक भएपछि राजस्वमारा र तस्करहरुलाई संरक्षण गरी अकूत सम्पत्ति आर्जन गरेका थिए । लोकमानपछि राजस्वको महानिर्देशक भएका दीप बस्न्यातले पनि राजस्व अनुसन्धान विभागलाई घुस आर्जन विभागमा रुपान्तरित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७