क्रोएसियालाई स्तब्ध बनाउदै फ्रान्स विश्व विजेता


३१ असार २०७५, आईतवार
france 3

काठमाडौं (एजेन्सी) ३१ असार : २१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो। २० वर्षपछि फ्रान्स फेरि विश्व विजेता बनेको हो । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।

france 2

 

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। फ्रान्सले विश्वकपको फाइनलअन्तर्गत पहिलो हाफको खेलमा २–१ गोलको अग्रता बनायो । रोमाञ्चक खेलमा क्रोएसियाले पहिलो गोल आत्मघाती र दोस्रो गोल भारको निर्णयपछि खाएको थियो ।france 3

पहिलो १५ मिनेटको खेल आफ्नो पक्षमा राखेको क्रोएसियाले १८ मिनेटमा फ्रान्सले पाएको पहिलो ‘सेट पिस’ मै गोल खान पुगेको थियो। डिबक्स बाहिर पाएको फ्रिकिक आन्टन ग्रिजमनले हानेका थिए। जुन बल क्रोएसियाका अग्ला स्ट्राइकर मारियो मान्डुज्किचको टाउकोमा फ्लिक हुँदै आत्मघाती गोलमा परिणत भएको थियो।france 1

यसको १० मिनेट अर्थात २८ मिनेटमा इभान पेरिसिचको उत्कृष्ट गोलका कारण क्रोएसिया खेलमा फर्किएको थियो। डिबक्स भित्र भिडाले दिएको पासमा पेरिसिचले गोल गरेका थिए। उनको विश्वकपमा तेस्रो गोल थियो। तर, दोस्रो पल्ट पनि क्रोएसिया अभागी सावित भयो। फ्रान्सले पाएको कर्नर किक डिबक्सभित्र पेरिसिचले हातले छोएपछि रेफ्रिले ‘भार’ को सहयोग लिँदै पेनाल्टीको फैसला सुनाएका थिए। ३८ मिनेटमा पेनाल्टी गोल ग्रिजमनले नै गरेका थिए। उनको विश्वकपमा यो चौथो गोल थियो ।

images cms image 000052122

पाउल पोग्बाले फ्रान्सलाई तेस्रो गोलको सफलता दिलाए । ५९ मिनेटमा उनले विश्वकपको पहिलो गोल गर्ने क्रममा आफ्नो टोलीलाई जिततर्फ डोर्याएका छन् । मारियो मान्डुज्किचको गोलको सहयोगले क्रोएसियाले अर्को गोल फर्काएको छ। फ्रेन्च कप्तान तथा गोलकिपर ह्युगो लोरिसले ६९ मिनेटमा डिबक्स भित्र अगाडि रहेका मान्डुज्किचलाई बल छलाउने चक्करमा गोल खाएका थिए ।

4E4742BF00000578 5955603 image m 89 1531675275823 4E478C6F00000578 5955603 image a 29 1531672951911 4E46559300000578 5955603 image a 117 1531661977539

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७