अाजकाे राशिफल-वि.सं. २०७५ साल असार ३२ गते।


३२ असार २०७५, सोमबार
rashifal today

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल असार ३२ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– चतुर्थी, २३:२५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– मघा, १६:१३ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– व्यतीपात, २२:४० बजेउप्रान्त वरियान्। करण– वणिज, १२:३० बजेदेखि भद्रा, २३:२५ बजेउप्रान्त वव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी १० पला। आषाढ मसान्त।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । पुनर्मिलनको योग रहेको छ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यमा अवरोध आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्वन्ध कसिलो हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । – ज्यो.पं. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७