विजेता फ्रान्सले पायो ट्रफीसँगै ३९ मिलियन डलर, अरु राष्ट्र कसले कति पाए ?


३२ असार २०७५, सोमबार
4E49101A00000578 5956137 image a 104 1531676382598

काठमाडौं, ३१ असार (एजेन्सी)। रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ ।4E49101A00000578 5956137 image a 104 1531676382598

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो ।

फ्रान्सले उपाधिसँगै १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ ।

यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो ।

युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।

याे पनि पढ्नुहाेस्
विश्व च्याम्पियन फ्रान्सेली खुसी (फोटो फिचर)
लुका मोड्रिचकाे पीडादायी कथा, जो बम–ग्रिनेड र अभाव झेल्दै खेलिरहे
क्रोएसियालाई स्तब्ध बनाउदै फ्रान्स विश्व विजेता

कसले कति पाए ?
रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ । यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी पुरस्कार रहेको हो ।

ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो ।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६.६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो ।

उपाधिसँगै फ्रान्सले ३९ मिलियन डलर पारे भने दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ । यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ ।

यसैगरी क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६–१६ मिलियन डलरका दरले पुरस्कार पाएका छन् । क्वार्टरफाइनलबाट उरूग्वे, ब्राजिल, रसिया र स्विडेन बाहिरिएका थिए ।

यस्तै प्रिक्वाटरफाइनलबाट पोर्चुगल,अर्जे्न्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बियाले बाहिरिएका थिए उनीहरुले १२–१२ मिलियन अमेरिकी डलरका दरले पाए ।

यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८–८ मिलियन डलर पाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७