जनार्दन शर्मा काट्ने, रामबहादुर थापा दिने

ट्राफिकलाई १५ करोड भत्ता दिने तयारी


३२ असार २०७५, सोमबार
rambahadur thapa

काठमाडौं, ३२ असार । देश संघीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहमा आवश्यक विकास बजेट नै छुट्याउन सकेको अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा प्रधानमन्त्री हुँदा तुइनमुक्त देश बनाउने परिकल्पना २ बर्षभित्र साकार पार्ने भने पनि बजेट अभावमा त्यो पनि पूरा हुन सकिरहेको छैन ।

rambahadur thapa
गृहमन्त्री रामबहादुर थापा, आइजीपी सर्वेन्द्र खनाल र ट्राफिक महाशाखा प्रमुख वसन्त पन्त

जोखिमपूर्ण तुइनमा गाउँ गाउँमा बच्चाहरु स्कूल जान बाध्य छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रको ढुकुटीमा पर्र्याप्त पैसा नभएकाले विदेश भ्रमणदेखि विभिन्न क्षेत्रमा हुने खर्च कटौती गर्दै मितब्ययिता अपनाउने भन्दैआएका छन् ।
सरकारले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निजामती कितावखाना, कर कार्यालयका कर्मचारीले पाउँदैआएको प्रोत्साहन भत्ता समेत कटौती गरिसकेको छ । तर देशमा विकासका लागि बजेट नभएको बेला ट्राफिक प्रहरीको १५ प्रतिशत प्रोत्साहन भत्ता पुनः दिलाउन आइजीपी सर्वेन्द्र खनालको दौडधूप चर्को छ ।

विगतमा जनार्दन शर्मा गृहमन्त्री हुँदा भत्ता नदिने निर्णय गरेका थिए । तर नेकपा खासगरी पूर्वमाओवादीकै एउटा मन्त्रीले फजुल खर्च भनी कटौती गरेको भत्ता अर्का मन्त्रीले दिन लागेका छन् त्यो पनि औचित्य नै पुष्टी नहुनेगरी । शर्माले किन काटे थापाले किन दिने निर्णय गरे त्यो पनि दुई बर्षदेखिको ? यसको स्पष्ट जवाफ गृहमन्त्री थापाले दिनुपर्ने भएको छ ।
ट्राफिक प्रहरीका लागि २ त्रर्षसम्मको प्रोत्साहन भत्ताको १५ करोड रुपैयाँका लागि आइजीपी खनालले गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेम राईलाई कन्भिन्स गरी अर्थमन्त्रालयमा पठाए । गृहमन्त्रालयबाट रकम मागेर अर्थमा पठाइयो ।

अर्थबाट पनि सहमति लिएर मन्त्रिपरिषद्बाट निर्णय गरी २ आर्थिक बर्षको १५ करोड रुपैयाँका लागिआइजीपी खनाल पनि दौडधूपमा छन् । साउन लाग्नुअघि नै यो रकम दिने निर्णय गराउने दाउमा उनी छन्, आजको साँघुमा समाचार छ । असार ३० सम्म निर्णय भएको छैन । खनाल पनि आइजीपी हुनुअघिसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएकाले उनले समेत १५ करोडबाट केही भत्ता पाउनेछन् । त्यो भत्ता त्यति धेरै त हुँदैन । तर पनि उनी निकै जोडबलका साथ लागेका छन् । उनले पनि यो भत्तामा लोभ गरेको अर्थ पनि लगाउन थालिएको छ । सबैतिरको भत्ता कटौती भएको बेला ट्राफिकलाई मात्र किन दिने भन्ने प्रश्न प्रहरीभित्रै उठेको छ ।

ट्राफिक प्रहरीको ड्युटी हो, ड्युटी गर्दा जागिरबाहेक भत्ता ट्राफिकलाई मात्र किन, दिने भए प्रहरी संगठनमा ज्यानको बाजी लगाएर अपराध अनुसन्धान गर्नेलाई पनि दिनुपर्छ भन्ने आवाज पनि उठेको छ । ट्राफिक प्रहरीमा धेरै दुःख छ भने १–१ बर्षमा सरुवा गर्दै परिवर्तन गर्दै गए समस्या हल भइहाल्छ, एक प्रहरी अधिकृतले भने, त्यस्तो दुःख कष्ट भए ट्राफिकमा सरुवा भएपछि आजीवन त्यहीँ बस्ने सरुवा हुनै नचाहने पनि छन् । ट्राफिकमै बसेर अन्यत्र खटिएका प्रहरीको तुलनामा अकूत सम्पत्ति आर्जन गर्नेहरु पनि छन् । भत्ताकै लोभका कारण गणेश राई र केशव अधिकारी ट्राफिक महाशाखा प्रमुख हुँदा लुकीलुकी मापसे चेक गर्ने, लखेटी लखेटी समात्ने जस्ता हर्कत पनि भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७