साउनभित्रै चार सचिव रिक्त, आजबाट सामान्य प्रशासन सचिव कोइरालाको अवकाश


३२ असार २०७५, सोमबार
sankarparsd adhikari copy

काठमाडौं, ३२ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइराला मंगलबारबाट अवकाश हुँदैछन् । संघीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको थियो ।

sankarparsd adhikari copy
शंकर कोइराला, शंकर अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय

संगठनात्मक संरचना (ओएण्डएम)महाशाखाहरुको टुंगो नलागेसम्म कोइरालाले सामान्य प्रशासन सचिवकै रुपमा काम गर्ने जिम्मेवारी पाएका थिए । उनी अवकाश भएपछि अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बागडोर सचिव दिनेश थपलियाको काँधमा आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ङइन्द्रप्रसाद उपाध्याय र उपराष्ट्रपतिको कार्यालयका सचिव शंकरप्रसाद अधिकारी साउन ६ मा ५ बर्षे पदावधिका आधारमा अवकाश हुँदैछन् ।
उपमहालेखा परीक्षक मोहदत्त तिमिल्सिना पनि साउन ६ मै अवकाश हुने भएका छन् । साउन १५ मा महालेखा नियन्त्रक रामकुमार आचार्य पनि अवकाश हुँदैछन् ।
यसैबीच, सरकारले विशिष्ट श्रेणीका सचिव कृष्णराज बीसीलाई एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी नदिई जगेडामा राखेको छ । उनी विदेश गएको बेला खानेपानी मन्त्रालयमा गजेन्द्र ठाकुरलाई सचिवको जिम्मेवारी दिई उनलाई जगेडामा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७