ब्रिटिस सेनामा अब महिला पनि भिड्न पाउने, कति जान पाउँछन् ?


३२ असार २०७५, सोमबार
be

काठमाडौं, ३२ असार । धेरै युवाको सपना ब्रिटिस सेना बन्ने रहेको हुन्छ । जसका लागि उनीहरुले धेरै परिश्रम समेत गरिरहेका छन् । अब पुरुषले मात्र होइन, महिलाले पनि ब्रिटिस सेनामा भर्ती हुन पाउने भएका छन् । ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ ।

be
तस्विर : गुगल

महिलाका लागि भर्ती खुलाउने तयारी भए पनि कति महिला पहिलोपल्ट भर्ती लिने भन्नेबारे यकिन भइनसकेको समाचारमा जनाइएको छ । बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट ब्रिटिस गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको छ । अर्को वर्षबाट ब्रिटिस गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ने र त्यसको तालिम २०२० को बसन्त ऋतुबाट शुरु हुने सन्डे टाइम्सले जनाएको छ ।

पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन । ब्रिटिश गोर्खा सैनिकको भर्ना हुनुअघि र भर्ना भइसकेपछि कठोर तालिम गनुपर्छ । भर्ना हुन इच्छुक उम्मेद्वारहरुलाई ५५ एलबी अर्थात् झण्डै २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ । भारी बोकेर करीब तीन माइलको दूरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्दछ । राम्रो तलब सुविधा हुने भएकाले नेपाली युवाहरुमा पनि ब्रिटिस सेनाको जागिरप्रति आकर्षण बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७