चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसको संसदमा अवरोध


३२ असार २०७५, सोमबार
samsad

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा विधेयकको विरोधमा आज (सोमबार) प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।samsad

सोमबारको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् । यसअघि पनि कांग्रेसले दुई पटक संसद अवरुद्ध गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७