दुई वर्षमा नेकपाका ६० लाख सदस्य पुग्छन् : वामदेव गौतम


३२ असार २०७५, सोमबार
Bamdev Gautam 2

काठमाडौं, ३२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमले आउँदो दुई वर्षमा नेकपासँग ६० लाख सदस्य पुग्ने ठोकुवा गरेका छन् ।Bamdev Gautam 2

नेता गौतमले अब नेकपाका सबै केन्द्रीय सदस्य शिक्षक भएर गाउँ जाने र उनीहरुले जनतालाई पढाएर पार्टी सदस्य बढाउने रणनीति रहेको बताए । उनले भने, ‘हाम्रो केन्द्रीय कमिटी ४४१ सदस्यीय छ । यीमध्ये डेढ सय केन्द्रमा बस्नु हुन्छ । अरु सबै स्थानीय तहमा इन्चार्ज भएर जाँदैछन् । अबको दुई वर्षमा ६० लाख नेकपाको परिवार हुनेछन् । अधिकांश परिवारमा नेकपाका सदस्य हुनेछन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७