देउवाविरुद्ध पौडेलको मोर्चाबन्दी, बालाजुमा पौडेल गुटको बैठक


३२ असार २०७५, सोमबार
ram chandra paudel and krishna prasad sitaula

काठमाडौं, ३२ असार । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको रणनीतिविरुद्ध आफूलाई तयार राख्न वरिष्ठ नेता रामचन्द्र पौडेलले मोर्चाबन्दी शुरु गरेका छन् ।ram chandra paudel and krishna prasad sitaula

पार्टीलाई नयाँ संरचनामा लैजाने सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि धारणा तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक काठमाडौंमा शुरु भएको छ । बालाजुस्थित एक सामुदायिक विद्यालयमा आज (सोमबार) बिहान ११ बजेदेखि शुरु भएको भेलाले साउन २ गते सभापति देउवाले डाकेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आफ्नो धारणा तय गरिने पौडेल निकट नेताहरुले जानकारी दिएका छन् ।

पौडेलले बोलाएको गोप्य बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले आफू निकट केन्द्रीय सदस्यहरूसँग विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन सभापति देउवाले गरेका प्रस्तावमा कसरी प्रस्तुत हुने भनेर धारणा माग्ने जनाइएको छ ।

सभापति देउवाले विधान मस्यौदा समिति, पार्टीका विभागहरू गठन र प्रदेश समितिहरू बनाउन प्रस्ताव गरे पनि वरिष्ठ नेता पौडेलले त्यसमा निर्णय दिन दिएका छैनन् । देउवा विधान मस्यौदा समिति र महासमितिको भेलाको मिति समेत तय गर्ने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७