‘भैरे’ अर्गानिक फिल्म हो : बर्षा शिवाकोटी


३२ असार २०७५, सोमबार
barsha siwkoti

काठमाडौं, ३२ असार । गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कारखाना’ पछि विश्राम लिएकी अभिनेत्री वर्षा शिवाकोटी ‘भैरे’ चलचित्रमार्फत फेरि पर्दामा देखिने भएकी छन् । झण्डै एक वर्षको अन्तरालपछि उनी अभिनित नयाँ फिल्म ‘भैरे’ आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । barsha siwkoti

यो फिल्ममा उनको जोडी कलाकार बुद्धि तामाङ्गसँग बाँधिएको छ । उनी आफूले गरेका अन्य फिल्मभन्दा ‘भैरे’ फरक रहेको बताउँछिन् । उनी भन्छिन्, ‘यो नेपालीपन बोकेको फिल्म हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनु हुनेछ । मेरो भूमिकामा पनि केही फरक पाउनुहुन्छ ।’

उनी ‘भैरे’ लाई अर्गानिक फिल्म भन्न रुचाउँछिन् । ‘एउटा प्याकेजको फिल्म बनेको छ । रोमान्स, प्रेम, द्वन्द्व, इमोसन सबै छ । अझ फिल्ममा नेपालीपनलाई बढी फोकस गरिएको छ’, उनले भनिन् । अभिनेत्री शिवाकोटी ‘भैरे’ ले आफूलाई भर्सटायल बनाउन पनि सहयोग पुर्‍याउनेमा विश्वस्त छिन् । एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्मको निर्मातामा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह–निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृष्य खिचेका छन् । सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा शिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७