नीलकण्ठ उप्रेती र उदयराज पाण्डे राजदूत सिफारिस


३२ असार २०७५, सोमबार
Nilakantha upreti 20180716094811

काठमाडौं, ३२ असार । सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूत सिफारिस गरेको छ । यस्तै मलेशियाका लागि उदयराज पाण्डे राजदूत सिफारिस भएका छन् ।Nilakantha upreti 20180716094811

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेशियाका लागि राजदूत सिफारिस गरेको हो । आजको मन्त्रिपरिषद्को बैठकले राजदूतको वर्गीकरण नगर्ने निर्णय पनि गरेको छ ।

भारतका लागि राजदूत रहेका दीपकुमार उपाध्यायले नेपाली कांग्रेसबाट चुनाव लड्नका लागि राजीनामा दिएपछि राजदूत पद खाली थियो । पाण्डे यसअघि साउदी अरेबियाका राजदूत भइसकेका छन् । सम्बन्धित देशबाट एग्रिमो आइसकेपछि मात्र ती देशहरुमा राजदूत नियुक्त हुने गर्छ । भारत र मलेशियाका लागि राजदूत सिफारिस भइसकेपछि अब अमेरिका र साउदी अरबका लागि राजदूत सिफारिस हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७