जग्गा बेच्न उक्साउनेलाई अब कार्वाही


३२ असार २०७५, सोमबार
Land plots prepared for sale

काठमाडौं, ३२ असार । अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पुर्‍याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । Land plots prepared for sale

साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने कर्मचारीको लगत राख्ने र शून्य सहनशीलताका आधारमाा कार्वाही अघि बढाउन सर्वसाधारणको जानकारीका लागि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनाका साथै सम्बन्धित कार्यालयबाट विद्युतीय सेवामार्फत सेवाग्राहीका काम छिटोछरितो गर्न र गराउनु निर्देशन गरिन्छ भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७