अश्लील भनिएको मोडलकै पछाडि ५० प्रहरी खटाइयो


३२ असार २०७५, सोमबार
poonam

काठमाडौं ३२ असार । विश्वकप हिजो बेलुका सम्पन्न भइसके पनि रहलपहल चर्चा बाँकी छ । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर कितारोभिकले आफ्नो देशका खेलाडीप्रति जगाएको सद्भावको तीव्र चर्चा भइरहेको छ । उनले खेलाडीलाई अङकमाल गर्दै सहानुभूति प्रकट गरेको तस्बिर भाइरल भइरहेको छ ।

poonam

त्यस्तै रुसी राष्ट्रपति भ्यालादिमिर पुटिनको भने आलोचना भइरहेको छ । विश्वकप समापन समारोहमा पानी परिरहेको थियो । राष्ट्रपति पुटिनलाई भने छाता ओढाइयो तर बायाँ पट्टी रहेको फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र क्रोएसियाली राष्ट्रपति कोलिन्डा ग्राभर कितारोभिक भने पानी रुझ्दै खेलाडीहरूलाई बधाई तथा सहानुभूति प्रकट गरिरहेका थिए ।

विशिष्ट अतिथिहरूलाई पानीमा रिझाएर आफू एक्लै छाता ओढ्दा पुटिनको आलोचना भएको हो । रसियाले सफलतापूर्वक विश्वकप सम्पन्न गरे पनि यसले भने पुटिन आलोचित बन्न पुगेको छ ।

विश्वकप अवधिभर संसार भरिनै चर्चामा रह्यो । नेपालमा पनि विभिन्न देशको समर्थन गरी निक्कै महत्त्वका साथ हेरियो । त्यस्तै नेपालमा विश्वकपको फाइलमा एक विषयले निक्कै चर्चा पाएको थियो । त्यो हो भारतीय मोडल पुनम पाण्डे नेपाल आउने विषय । डेभाजु क्लबले विश्वकप फाइनलसँगै पुनमको प्रदर्शन हेराउने विषयले राम्रै चर्चा कमायो । तर प्रहरी प्रशासनले भने उक्त कार्यक्रम रोक्न आदेश दिएको थियो ।

क्लबका सञ्चालक र प्रहरीबिच सहमति हुन नसक्दा कार्यक्रमको निश्चित भएको थिएन । भारतको निकै विवादास्पत मोडल पुनमलाई क्लबले बोलाएको भन्दै अस्लिलता प्रदर्शन हुने प्रहरीले भनेको थियो । तर, क्लबले जसरी पनि पुनलाई कार्यक्रममा ल्याउने चाहन्थे । काठमाडौं प्रहरी महासाखाले कार्यक्रम रोक्नको लागि छुट्टा छुटै प्रहरी टोली बनाई कार्यक्रममा आउने दर्शकलाई रोकेका थिए ।

प्रहरीले अस्लिलता प्रदर्शन हुने भन्दै क्लबको सुरक्षा समस्या देखाउँदै कार्यक्रम रोक्ने दाउमा थियो । प्रहरीले क्लबलाई सामाजिक सद्भाव र प्रचलित ऐन विपरीत अस्लिलता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै प्रहरीले प्रशासनले कार्यक्रम रोक्ने बताएका थिए । तर, प्रहरी उक्त कार्यक्रम रोक्नबाट चुके अर्थात् डेभाजु क्लबको जित भयो ।

आइतबार साँझ पाँच बजेसम्म कार्यक्रम गर्न नदिने भन्दै प्रहरीले राखेको अडान एकाएक विफल भयो । जब भारतीय दूतावासले दवाद दियो । प्रहरी कार्यक्रम रोक्नुको सट्टा विवादास्पत मोडल पुनमको सुरक्षाका लागि ५० प्रहरी छुट्ट्याउन काठमाडौं प्रहरी बाध्य बन्यो । जब भारतीय दूतावास डेभाजु क्लबको निर्णयमा उभियो तब प्रहरीको निर्णय धरापमा परेको हो ।

दूतावासले कार्यक्रम सञ्चालन र पुनमको सुरक्षा हुनु पर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई अपिल गरेपछि प्रहरी हेडक्वार्टर बाध्य भएर कार्यक्रम सञ्चालन गर्न दिए । दुतावसको दबाब र वरिष्ठ प्रहरी अधिकारीहरूको निर्देशनले क्लबको कार्यक्रम सञ्चालन हुने भयो । कार्यक्रम सञ्चालन गर्ने मात्रै नभै प्रहरी हेडक्वाटरले पुनको सुरक्षाको लागि ५० जना प्रहरी खटिनसमेत निर्देशन दिए । प्रहरी हेडक्वार्टर दबाबमा परेर एक जना मोडललाई भिआइपीको समान सुरक्षा दिनु भनेको प्रहरीको अवमूल्यन हुनु हो ।

पुनम त्यहीँ भारतीय मोडल हुन् जसले अघिल्लो विश्वकप क्रिकेटमा भारतले जिते निबस्त्र हुने बताएकी थिइन् । उनले नेपाल आए लगत्तै आफूले समर्थन गरेको टोली क्रोएसियाले जिते के के गर्छु हेर्न आउन भनी अनुरोध गरेकी थिइन् । पुनम नेपाल आउनु अगाडी ट्वीटरमा टपलेस फोटो समेत पोस्ट गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७