महिलाको अपहरण गरी गाडीमा हालेर चार जनाबाट बलात्कार


३२ असार २०७५, सोमबार
rape1 OeiFwMw3Cj bPf2lgCDvs

सिरहा, ३२ असार । एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चार जनालाई प्रहरीले त्रियुगा नगरपालिकाको रङ्गेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गए राति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक समेत गरेको छ ।rape1 OeiFwMw3Cj bPf2lgCDvs

जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहा मिर्चैयाका २६ वर्षीय नितेशकुमार साह छन् ।

जिप्रका प्रमुख नवराज भट्टका अनुसार गए राति ११ बजेको समयमा लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारै जनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै थिए । बा १४ च ६८१७ नम्बरको स्कार्पियो गाडीमा ती महिलालाई निस्र्वस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरी चौकी लालपता उदयपुरका गस्ती प्रहरीले उनीहरुले रङ्गेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले जानकारी दिएका छन् ।

घटना लगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेको थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएको थियो । जिप्रकाले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाका बारेमा जानकारी गराएको छ । आफू लहान बजारको आँप व्यापारी रहेको र राति खाना खान डेरामा जान लाग्दा चार जना पुरुषले बाटो छेकेर जबरजस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयानमा बताएकी छन् ।

स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ गरिएका चार जनाविरुद्ध आजै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिँदैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७