प्रियंकाको साथमा कार्टुन्ज क्रुले ल्याए नयाँ भिडियो


३२ असार २०७५, सोमबार
cartoon crew

काठमाडौं, ३२ असार । नायिका प्रियंका कार्कीको साथमा नेपालका चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘पानी कुवाको’ बोलको नयाँ गीतको भिडियो सोमबार सार्वजनिक भएको हो । भिडियोमा नायिका कार्कीको छोटो भुमिका छ ।priyanka karki

यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो । जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् । भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७