अाजकाे राशिफल-वि.सं. २०७५ साल साउन १ गते।
पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई १७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– पञ्चमी, २१:२७ बजेउप्रान्त षष्ठी। नक्षत्र– पूर्वफाल्गुनी, १४:५८ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– वरियान्, २०:०३ बजेउप्रान्त परिघ। करण– वव, १०:२४ बजेदेखि वालव, २१:२७ बजेउप्रान्त कौलव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– सिंह, २०:४२ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:२० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ०८ पला। श्रावण संक्रान्ति। शास्त्रोक्त दक्षिणायन प्रारम्भ। कण्डारक पूजा। लूतो फाल्ने सांस्कृतिक दिवस। थारू समुदायको गुरिया पर्व। बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सौन्दर्यतामा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु पर्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । पुनर्मिलनको योग रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यमा अवरोध आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्वन्ध कसिलो हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । – ज्यो.पं. नारायणप्रसाद दुलाल