फ्रान्सले विश्वकप विजेता टोलिलाई सर्वोच्च सम्मान प्रदान गर्ने


१ श्रावण २०७५, मंगलवार
Captain Lloris showed off the Jules Rimet trophy as he led the France squad down a red carpet after their plane touched down

काठमाडौं, १ साउन । फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान ’लिजन दि अनर’ प्रदान गर्ने भएको छ । राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सम्मानित गर्ने घोषणा गरेको बिबिसिले जनाएको छ । Captain Lloris showed off the Jules Rimet trophy as he led the France squad down a red carpet after their plane touched down

मस्कोमा आइतवार राति सम्पन्न निकै रोमाञ्चक खेलमा फ्रान्सले क्रोएशियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो । २० वर्षपछि फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो । यसअघि उसले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।

फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन् । प्यारिसमा भव्य स्वागत पाएको टोलीको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरे ।

ट्रफीसहित स्वदेश फर्केको टोलीलाई स्वागत गर्न सोमवार प्यारिसस्थित विमानस्थलमा ठूलो संख्यामा प्रशंसकहरू जम्मा भएका थिए । देशका विभिन्न ठाउँमा फुटबल प्रशंसकहरूले रातभरि खुसियाली मनाएका थिए । त्यसक्रममा केही ठाउँमा झडप भएको विवरण आएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शहरमा अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो।

चमत्कारी एमबाप्पेको मनकारी काम : विश्वकपको सबै कमाइ अपाङ्गता बालबलिकालाई
विश्व च्याम्पियन फ्रान्सेली खुसी (फोटो फिचर)
विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा अपार प्रेम 

प्यारिसको एउटा क्षेत्रमा केही युवाहरूले पसलबाट रक्सी चोरेका थिए । यस्ता घटनाका बावजुद प्रशंसकहरूमा खुसियाली मनाउने उत्साहमा कमी आएको छैन । प्यारिस यातायात विभागले केही स्टेशनहरूको नाम खेलाडीहरूको नाममा राखेर खुसियाली मनाउने मनस्थिति बनाएको छ ।

4E523C8700000578 5959357 image a 82 1531763553937

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७