धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन


१ श्रावण २०७५, मंगलवार
tara subba

काठमाडौं, १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउँसो ५२ वर्षका उमेरमा निधन भएको हो ।tara subba
तीन वर्षअघि मृगौला प्रत्यारोपण गरेका सुब्बा छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएको परिवार स्रोतले जानकारी दिए ।

पछिल्लो पटक सुव्वालाई छातीमा समस्या देखिएपछि असार १५ गते काठमाण्डौं स्थित निदान अस्पतालमा आकष्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिक अस्पताल र ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । स्वास्थ्यमा सुधार आईरहेको भएपनि उनको सोमवार अपरान्ह करिव १ बजे निधन भएको हो ।

गत वर्ष तत्कालिन नेकपा (एमाले)बाट सुब्बा मेयर निर्वाचित भएका थिए । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्य भीम ज्वाला राईका अनुसार पछिल्ला दिनहरुमा उनी आर्थिक वर्षका कारण धपेडीमा रहेका थिए । सुब्बाको निधनले धराने जनतालाई अपुरणीय क्षति भएको बताए ।

काे हुन् तारा सुब्बा ?

५२ वर्षअघि तेह्रथुममा जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । तेह्र वर्षको उमेरमा झापाको गोलधापमा अध्ययन गर्न झरेको बेला नै उनी पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन लागेका थिए ।

२०३७ सालमा थप अध्ययन गर्न धरान आएका सुब्बा यहीको स्थायी बासिन्दा मात्र भएनन्, कम्युनिष्ट राजनीतिमा सक्रिय हुदै २०७४ असरा १४ गते सम्पन्न स्थानिय निर्वाचनमा प्रतिद्धन्दी भन्दा ४ हजार ८ सय ७३ को अन्तरले मेयरमा निर्वा्चित भएका थिए। । सुब्बा २०४६ मा प्रजातन्त्र प्राप्तीको लागि र २०६२ र ०६३ को जनआन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।

२०४० सालमै अनेरास्वयवियु धरान नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा सक्रिय रहे त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघ भनिन्थ्यो । संघको नगर कमिटिपछि जिल्ला कमिटि संयोजक हुँदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बने। २०४८ सालदेखि एमालेको धरान नगर कमिटी सदस्य बनेका उनी त्यसयता निरन्तर नगर कमिटिमा बिशेष पदीय जिम्मेवारीमा थिए ।

२०६२ र ०६३ को जनआन्दोलनपछि उहाँले सचिवको कार्यकारी पद सम्हालेका सुब्बा पार्टीमा नगर सदस्य हुदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि तिन पटक अध्यक्ष बने । २०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाएका थिए भने २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेर जिविस सुनसरीमा इलाका नम्ब २ बाट सदस्य पनि चुनिए । गत वर्ष सम्पन्न पहिलो स्थानीय तहको चुनावमा धरान उपमहानगरपालिको मेयर चुनिए ।

आफुले केही पाउन होइन, देश र जनतको पक्षमा काम गर्न राजनीति गरेको बताउने सुव्वा मृगौला समस्याबाट पीडित थिए । तीन वर्ष अघि एउटा मृगौला प्रत्यारोपण समेत गरिएको थियो । पछिल्लो पटक सुव्वालाई छातीमा समस्या देखिएपछि असार १५ गते काठमाण्डौं स्थित निदान अस्पतालमा आकष्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिक अस्पताल र ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो स्वास्थ्यमा सुधार आईरहेको भएपनि उनको सोमवार अपरान्ह करिव १ बजे देहान्त भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७