जङ्गली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु


१ श्रावण २०७५, मंगलवार
mosroom

दाङ, १ साउन । जङ्गगली च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । mosroom

सोमबार बेलुका नजिकैको जङ्गलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

जङ्गली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९ कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जङ्गली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो । एकै वडाका तीन जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७