प्रचण्डको नातिनी स्मिताको गीतमा कार्टुन्ज क्रुको कमाल (भिडियोसहित)


१ श्रावण २०७५, मंगलवार
Capture 6

काठमाडौं, १ साउन । नेपालको चर्चित नृत्य समूह कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको ‘पानी कुवाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । Capture 6

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नातिनी स्मिता दाहाल र सरोज ओलीको स्वर रहेको गीतको भिडियोमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् । यो भिडियमा चर्चित अभिनेत्री प्रियंका कार्कीलाई पनि देख्न पाइन्छ ।

यो भिडियोमा आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोजलगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र इस्टकोटमा देखिएका छन् । भिडियोमा प्रियंका कार्कीले छोटो भूमिका निर्वाह गरेकी छिन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार वसन्त सापकोटाले संगीत दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७