अमेरिका : जासुसीको आरोपमा रुसी महिला पक्राउ


१ श्रावण २०७५, मंगलवार
102559175 102556151 captugsdfgfre

काठमाडौं, १ साउन । अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ ।102559175 102556151 captugsdfgfre

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन् । उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन । रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ ।

एजेन्ट

बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभई ‘अन्तर्राष्ट्रिय मामिला’ की छात्रा भएको र ‘व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेको’ सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन् । उनले बुटिनामाथि लगाइएका आरोपहरू ‘अति भएको’ र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए ।बुटिनाले ‘महिनौँदेखि विभिन्न सरकारी निकायहरूलाई सघाइरहेको’ ड्रिस्कोलले दावी गरेका छन् । वाशिङटनमा बस्दै आएकी बुटिनालाई गत आइतवार गरिफ्तार गरिएको अधिकारीहरूले बताएका छन् ।102559182 102556522 mariabutinafb

सुनुवाइ

अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधवार हुनेछ । अमेरिकी चुवानमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पुटिनको बचाउ गरेको केही घण्टापछि रुसी महिलालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएको हो ।
अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण आफूले नदेखेको ट्रम्पले बताएका छन् ।102559186 102552890 butinafacebook

सन् २०१६ को चुनावताका डेमोक्र्याटिक अधिकारीहरूको कम्प्युटरमा १२ जना रुसी गुप्तचरले अनधिकृत रुपमा पहुँच कायम गरेको आरोप लगाइएको केही दिन नबित्दै बुटिना पक्राउ परेको विवरण आएको हो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७