मुठभेडमा उत्रियो कांग्रेस, सदनसँगै सडक आन्दोलन घोषणा


१ श्रावण २०७५, मंगलवार
Nc meeting

काठमाडौं, १ साउन । केहि दिनदेखि सरकारको कार्यशैलीको विरोध गर्दै संसद अवरुद्ध गर्दै आइरहेको विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।Nc meeting

बहुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने उल्लेख छ ।
पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका छुन् । जस अनुसार कांग्रेस साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गर्नेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुबहु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघले माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुगेर कोणसभा गर्नेछन् ।

बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिबार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताएका छन् । अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उनले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुपर्ने उल्लेख गरे । चिकित्सा शिक्षाको बिरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिवस अवसरमा केन्द्र र जिल्लामा बिबिध कार्यक्रम गरी मनाइने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७