सरकारविरोधी अफवाहको प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन


१ श्रावण २०७५, मंगलवार
PM KP Oli
k|wfgdGqL cf]nL sfo{stf{nfO{ ;Daf]wg g]kfn sDo’lgi6 kf6L{sf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL d+unaf/ g]skf kf6L{ sfof{no w’daf/fxLdf sfo{stf{nfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्ध फैलाइएको अफवाहको प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विपक्षीहरुले सरकारले गरिहेको जनप्रिय काम र सामाजिक न्याय रोक्न अफवाह फैलाएको प्रधानमन्त्रीको आरोप छ ।

PM KP Oli

मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप लगाए । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी र सामाजिक न्याय हुन नदिनेले सरकारविरुद्ध अफवाह फैलाएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको पनि बताए । सरकारले नेपालको इतिहासमै सबैभन्दा बढि प्रगतिशील, जनपक्षीय र विकासमुखि नीति लिएपनि त्यसको प्रतिरक्षा गर्ने पार्टी भित्र कोही पनि नभएको जस्तो देखिएको भन्दै असन्तुष्टी समेत पोेखे ।

प्रधानमन्त्री ओलीले सरकार देशलाई सही बाटोमा हिडाउन लागेकाले कसैले थर्काएर नथर्किने बताए । ‘संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘यो सरकारले जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय लिने काम गर्दैन।’

प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गरे । प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७