सिसडोलमा गाडी जान नसकेपछि राजधानीका सडक फोहोरले भरिए


२ श्रावण २०७५, बुधबार
ktm fohor

काठमाडौं, २ साउन ।  फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा गुड्नुपर्छ । तर, वर्षाको पानीले माटो बगाएको र फोहोर पनि गलेकाले यातायात अवरुद्ध भएको ल्यान्डफिल साइटमा कार्यरत काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।ktm fohor

‘फोहोर माथि बनाइएको बाटो नै भासिएकोले ट्रकले फोहोर घोप्ट्याउन सकेनन्,’ उनले भने । फोहोरको रास माथि गाडी गुड्नु परेपछि यस्तो नभए के होस् । ’ सरकारले तीन वर्षको लागि भनेर निर्माण गरिएका ल्याण्डफिल साइडको विकल्प १४ वर्षसम्म पनि नखोज्दा यो समस्या आएको उनले बताए ।

श्रेष्ठका अनुसार तीन दिन अधि कामपाले धरहरा वरीपरीको टहरा भत्काएका माटोे इँटा लगेर हिलो वाटोमा छापेको थियो तर वर्षको पानीले झनै हिलो भयो र फोहोर बोकेर गएका लोड गाडी झनै धसिए ।

पाँच दिन अघि फोहोर बोकेर ल्याण्ड फिल साइट पुगेका केही ट्रकहरू भने काठमाडौ महानगर पालिकाको डोजरको साहायताले सोमवार फोहोर फ्याँक्न सफल भएका छन् । ‘पाँच दिन भयो फोहोर लिएर आएको । आज घोप्ट्याउन पाइन्छ की जस्तो छ,’ फोहोर बोकेर सिसडोल पुगेका ट्रक चालक सुव्वा थिङले भने । वर्षा लागेपछि सिसडोलमै पाँच घण्टादेखि तीन दिनसम्म फोहोर घोप्ट्याउन फोहोरको थुप्रोमै कुर्नु परेको उनले गुनासो गरे ।

‘अब त यहाँबस्दा बस्दै फोहोर गन्हाउन पनि छाडिसक्यो । सजिलैसंग फोहोर फाल्न पाए आउने वित्तिकै फकिन सकिन्थ्यो,’ उनले भने, ‘तर यो समस्या वर्षैदेखि यस्तै छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७