सशस्त्र प्रहरी बलमा ३ महिनामा अवकाश हुनेलाई इन्चार्ज


२ श्रावण २०७५, बुधबार
APF

काठमाडौं, २ साउन । सशस्त्र प्रहरी बलले पछिल्लो पटक असार २१ मा निकालेको २८ एसपीहरुको सरुवामा ३ महिना अवधि पनि जागिर नभएकालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
आगामी कार्तिक महिनामा अवकाश हुनेहरुलाई सिमा सुरक्षा कार्यालय र गणमा सरुवा गरिएको छ ।

APF

३० वर्षे सेवा अवधिका कारण कात्तिकमा अवकाश पाउन लागेका राघवसिंह थापालाई नेपाल उद्दार उपत्यका गण, इन्द्रराज कार्की दन्तकाली गणको जिम्मेवारी दिएका छन् । अवकाश हुन एक बर्ष बाँकी रहेकाहरुलाई सामान्यतया महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन छैन । जुनसुकै सेवामा पनि अवकाशको मुखमा जिम्मेवारी दिइँदैन । तर सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले अवकाशको मुखमा इन्चार्ज दिनुलाई भ्रष्टाचार गर्न छुट दिएजस्तै हो, सशस्त्रका एक अधिकारीले भने–‘आइजीपी खनालले आफ्ना निकटलाई कमाउन छुट दिएका हुन् ।

कात्तिकमा अवकाश हुने ३४ एसपीमा महेश श्रेष्ठ र विजयकुमार पण्डित रहेका छन् । उनीहरू २०४५ कार्तिक १५ गते सेवामा प्रवेश गरेका थिए । यीमध्ये विजय पण्डित २०५३ चैत ३ गते क्षेप्रइका काठमाडौँद्वारा नसिहतको कारवाही पाएका अधिकृत हुन् । उनको रेकर्डमा त्यस्तो देखिन्छ । अवकाश हुने एसपीहरूमा– दिलीपकुमार शर्मा, गुणाखर खनाल, मोहनविक्रम केसी, रविन्द्र ठाकुर, उत्तमराज बस्नेत, तारादत्त पन्त, मदनसिंह विष्ट, भरतप्रसाद पनेरु, शैलेन्द्रकुमार भण्डारी, जनकबहादुर बोहरा, कृष्णकुमार थापा क्षेत्री, गणेशबहादुर थापा, वीरबहादुर श्रेष्ठ, शम्भुप्रसाद उप्रेती, महेन्द्रविक्रम थापा, गोपालकुमार गुरुङ, मधुकृष्ण गड्तौला, चन्द्रप्रसाद भट्ट, भुवनेश्वर प्रसाद, रविन्द्र मल्ल, नवराज अर्याल, हृदयनारायण मण्डल, राघवसिंह थापा, वीरेन्द्रराज श्रेष्ठ, श्यामकाजी कुँवर, ऋषिदेव कार्की, राजेश तण्डुकार, गणेशबहादुर संग्रौला, रमाधर यादव, टंकबहादुर खड्का र धर्मानन्द सापकोटा रहेका छन् ।

यीमध्ये तारादत्त पन्त २०५० मंसिर १२ मा जिप्रका कञ्चनपुरबाट नसिहत पाएको रेकर्डबाट देखिन्छ भने मदन सिंह मिश्र ०४७ वैशाख १८ मा मक्षेप्रकाले तलब वृद्धि रोक्काको कारवाही गरेको देखिन्छ । त्यसैगरी जनकबहादुर बोहरालाई तत्कालीन प्रहरी प्रधान कार्यालय, अअ विभागको ०४९ चैत १७ ले नसिहत दिएको देखिन्छ भने गोपालकुमार गुरुङ २०५४ भदौ ८ गते प्रप्रका कानुन शाखाले नसिहत दिएको र ०५६ भदौ २८ मा सो नसिहत बदर भएको देखिन्छ भने सशस्त्र प्रहरीमा गएसँगै मुक्तिनाथ बाहिनीको ०५९ कार्तिक २५ ले नसिहत पाएको देखिन्छ । चन्द्रप्रकाश भट्टको हकमा दीपेन्द्र प्रहरी स्कुल बुडहरमा ०४८ जेठ २९ मा नसिहत पाएका छन् भने भुवनेश्वर प्रसादले ०५० भदौ १ मा जिप्रका बारामा ग्रेड रोक्का र ०५७ साउन २९ गते क्षेप्रइका भैरहवाबाट नसिहत पाएको देखिन्छ । त्यसैगरी रविन्द्र मल्लको हकमा ०५४ पुस २९ गते कानुन शाखाको पत्रले निलम्बन भएका थिए भने ०५४ चैत्र २५ मा एक वर्ष तलब वृद्धि रोक्काको कारवाही पाएको देखिन्छ ।

राजेश तण्डुकारका हकमा पनि सशस्त्र प्रहरी बल तालिम महाविद्यालयको च. नं. ४४० को पत्रले ०६३ माघ २८ गते नसिहत पाएको देखिन्छ । प्रायः सबै अधिकृतहरू नेपाल प्रहरीमा असई दर्जामा प्रवेश गरी सशस्त्र प्रहरीको गठनसँगै सेवा परिवर्तन गरी गएका अधिकृतहरू हुन् । यो समूहले कम्तीमा पनि ४ देखि ७ सम्म गण तथा सिसुकाहरूको कमाण्ड गरेको देखिन्छ । अधिकांश यी अधिकृतहरू सशस्त्र प्रहरीको प्रवेशसँगै कार्यालय प्रमुख भई अकुत सम्पत्ति कमाउने अधिकृतहरूका रूपमा समेत चिनिन्छ । सशस्त्रको गठनसँगै सोही संगठनमा सेवा प्रवेश गरेकाहरूले यो समूहलाई भाग्यमानी तर घुस्याहा समूहको आरोप लगाउने गर्दछन् । यति ठूलो संख्यामा एसएसपी र एसपीको अवकाशसँगै सशस्त्र प्रहरीमा रोकिइरहेको तलको बढुवा अब खुल्ने निश्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७