फिल्म जुधाएको भन्दै शाहीले गरे ‘चक्कर’ का निर्मातामाथि हातपात


३ श्रावण २०७५, बिहीबार
govinda shahi

काठमाडौं, ३ असार । निर्माता तथा वितरक गोविन्द शाहीले फिल्म जुधाएको भन्दै ‘चक्कर’ चलचित्रका निर्माता तथा छायाँकार रविन आचार्यमाथि हातपात गरेका छन् ।govinda shahi

आफूले वितरण गर्न लागेको सिनेमा ‘पण्डित बाजेको लौरी’ सँग सिनेमा ‘चक्कर’ जुधाएको भन्दै शाहीले आफूमाथि हातपात गरेको आचार्यले बताएका छन् । घटनापछि नेपाल चलचित्र प्राविधिक संघले एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको घोर भत्र्सना गर्नुका साथै कानुनी कार्बाहीको माग गरेको छ ।

साउन १ गते दरबारमार्गस्थित वुड ल्याण्ड होटलमा सिनेमा रिलिजको छलफलका क्रममा शाहीले आचार्यमाथि हातपात गरेको आरोप लगाइएको छ । यता शाहीले भने आफूमाथि लागेको आरोप झुटा भएको दावी गरेका छन् । घट्ना भएको समयमा दुई जना मात्रै उपस्थित भएको कारण सत्य के हो त्यो भने बाहिर आएको छैन । घट्ना अनुसन्धान गर्नका लागि सिसिटिभी फुटेज हेर्ने काम भइरहेको जनाइएको छ ।

दुई पक्षको विवादले उग्ररुप लिएपछि यतिबेला निर्माता आचार्य र वितरक गोविन्द शाही दरबारमार्गको प्रहरी चौकीमा छन् । यसअघि पनि सिनेमा ‘किङ’ को कारोबार सम्बन्धमा गोविन्द शाही र निर्माता तथा वितरक गोपालकाजी कायस्थबीच हात हालाहाल भएको थियो । जुन विवाद पनि प्रहरीले मिलाई दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७