बुबाको नजरमा नेइमार, भने, ‘पीएसजीले भिआइपी व्यवहार देखाए मात्र छोरा क्लवमा रहन्छ’


३ श्रावण २०७५, बिहीबार
neimar

काठमाडौं, ३ असार । रुस विश्वकपमा उति जम्न नसके पनि ब्राजिलियन स्टार नेइमारको चर्चा घटेको छैन । उनको खेल कौशललाई विश्वले नियालिरहेको छ । विश्वले निकै कुशल खेलाडीको रुपमा लिएका नेइमारको बुबाको नजर पनि आफ्नो छोरा निकै राम्रो खेलाडी हो भन्नेमै छ । neimar

नेइमारका बुबा नेमार सान्तोसले पेरिस सेन्ट जर्मन (पीएसजी) ले उच्चस्तरीय (भिआइपी) व्यवहार देखाए मात्रै छोरा नेमार क्लबमा रहने बताएका छन् । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाड्दै यूभेन्ट्स गएपछि उनको स्थानमा रियलले नेइमारलाई प्रस्ताव गरेको खबर सार्वजनिक भइरहेका बेला नेइमारका बुबाले पीएसजीसँग छलफल गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

रियलसँग जोडिएर नेमारका खबरहरु बाहिरिएपछि अध्यक्ष खिलाफीले नेमारका बुबासँग कुरा गर्दै नेमारको विचार बुझेका थिए । सोही क्रममा नेमारका बुबाले आफ्ना छोराले क्लबमा सबैभन्दा बढी महत्व पाओस भन्ने धारणा राखेका थिए । १९ वर्षीय फ्रान्सका केलिएन एम्बाप्पेले विश्वकप जितेर फर्केपछि क्लबमा नेइमार छायाँमा पर्ने हुन कि भन्ने शंकाकाबीच नेइमारका बुबाले आफ्नो छोराले पीएसजीमा सबैभन्दा बढी महत्व पाउनुपर्ने धारणा राखेका हुन् । पहिलो सिजनमा नेइमारले पीएसजीबाट १९ लिग गोल गरेका थिए ।

बुबा नेमार सिनियरले पीएसजीका अधिकारीहरुलाई आफ्नो छोराले क्लबको सबैभन्दा महत्वपूर्ण खेलाडीका रुपमा व्यवहार होस् भन्ने चाहेको बताएका छन् । अघिल्लो सिजनमा बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा विश्वकै सर्बाधिक महँगो खेलाडीका रुपमा नेइमार पीएसजी आएका थिए । पीएसजीका अध्यक्ष नासिर अल खिलाफीले नेमारका लागि म्याड्रिडको प्रस्ताव नआएको र आफ्ना स्टार खेलाडीलाई आफूसँगै राख्न चाहेको प्रतिक्रिया दिदैँ आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७