आफ्नै ‘बोलीको वन्धनमा’ अभिनेत्री श्वेता खड्का


३ श्रावण २०७५, बिहीबार
Sweeta Khadka

काठमाडौं, ३ असार । अभिनेता पति श्रीकृष्ण श्रेष्ठको निधनपछि नायिका श्वेता खड्काको अवस्थाले सबैको मन कटक्क खायो । पतिको निधनपछि गहिरो चोटमा परेकी उनलाई अब सिने क्षेत्रमा देख्न नपाइने भयो भन्नेसम्मको अनुमान उनका दर्शक तथा शुभचिन्तकले गरे ।Sweeta Khadka

तर, समय र दुःख पनि सँधै कहाँ एकै ठाउँ बसिरहँदो रहेछ र ! विस्तारै श्वेतामा पति वियोगको घाउ पुरिंदै गयो । उनी सामान्य जीवनमा फर्किइन् । जसका कारण उनलाई दर्शक तथा शुभचिन्तकले कान्छी चलचित्रमार्फत अभिनय क्षेत्रमा देख्न पाए । अहिले अभिनेत्री श्वेताको मुहारमा मुस्कान फर्किसकेको छ । उनले विगतको त्यो दुःखद क्षण गुजारी सकेकी छन् । अहिले उनको मुहारमा खुशी र मुस्कान मात्र होइन चञ्चलता समेत बढेको छ । जुन कुरा उनले मिडियाहरुमा दिने गरेका कतिपय अभिव्यक्तिहरुबाट अनुमान लगाउन सकिन्छ ।

पति श्रीकृष्णको निधनपछि आफू जीवनमा विवाहका बारेमा सोच्न नसक्ने बताइन् । तर अहिले, उनलाई आफ्नै बोलीले बाँधेको अनुमान चलचित्र क्षेत्रमा गरिन् थालेको छ । आफूलाई नजिकका मित्र र शुभभिन्तकहरुले जीवनका बारेमा सोच्न सम्झाउने गरेको बताउँदै श्वेता भन्छिन्, ‘यतिलामो जीवन अगािड लैजान लाइफ पार्टनर त चाहिन्छ नि, तर यसबारे अहिले फिल गरेको छैन ।’

श्वेताले जीवनलाई अगाडि बढाउन पार्टनरको जरुरत महसुस गर्नु नगर्नु उनको नितान्त व्यक्तिगत कुरा हो । तर, पति वियोगको पीडाबाट सामान्य जीवनमा फर्किसक्दा पनि निजी जीवनका बारेमा निर्णय लिन नसक्नु कतै आफ्नै बोलीको बन्धन त होइन ? भन्ने कुरा यदाकदा मिडियाहरुमा चर्चाको विषय भन्ने बन्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७