खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल


३ श्रावण २०७५, बिहीबार
खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल

काठमाडौं,३ साउन: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति– २०६७ पुनरावलोकन तथा खेलकुद विकास गुरुयोजना– २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ । खेलकुद नीति र विकासको गुरुयोजनामा छलफल
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति तथा खेलकुद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा पूर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकुदको गुरुयोजनाको मस्यौदाबारे जानकारी गराएका थिए । उनले नेपाली खेलकुदको वर्तमान अवस्था, चुनौती र सम्भावना सहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरेका थिए ।
खेलकुद नीति र गुरुयोजनामा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले संघीय संरचना अनुसार नेपाली खेलकुदको पुर्नसंरचनका विषयमा गुरुयोजना र ऐनले प्रष्ट पार्नुपर्ने बताए । उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को वर्तमान जनशक्ति व्यवस्थापनलाई खेलकुद नीतिले समेट्नु पर्ने धारणा राखे ।
पूर्व खेलकुद मन्त्री दलजित विके श्रीपाईलीले गुरुयोजना रणनीतिक महत्वको भएको उल्लेख गर्दै यसलाई अविलम्ब लागू गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मस्यौदा परिमार्जनका लागि छलफल आयोजना गरिएको बताउदै यसले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मस्यौदा लेखनमा अझ नयाँ सोच आउनु पर्ने बताए । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए । मन्त्री विश्वकर्माले नयाँ सरकारले विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न अघि बढेको जानकारी दिदै खेलुकद क्षेत्र त्यसको मापन हुने बताए ।
कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका, उद्योग वाणिज्य महासंघ, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, प्याब्सन, एन प्याब्सनलगायतका प्रतिनिधिहरुको आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७