डा. केसीका कारण टिचिङ अस्पतालले गुमाएको ४१ करोडको क्षतिपूर्ति कसले व्यहोर्ने ?


४ श्रावण २०७५, शुक्रबार
DR KC

काठमाडौं, ४ साउन । अहिले डा. गोविन्द केसीको अनसनले देश तातेको छ । शुक्रबार जुम्लामा भएको झडपको कारक नै डा. गोविन्द केसी देखिए । सरकारले राज्यको दायित्व पूरा गर्दै डा. केसीको जीवनरक्षाको पहल गर्दा अवरोध सिर्जना भएपछि बल प्रयोग गर्नुपर्ने अवस्था सिजना भयो । केसीको जीवनरक्षाका लागि गरिएको ल प्रयोगका क्रममा एक प्रहरी जवान गम्भिर घाइते बने । केहि डाक्टर र विद्यार्थी समेत घाइते बने ।DR KC

राज्यले डा. केसीले उठाउँदै आएका माग अनसन नबसी छलफलबाटै समाधान गर्न सकिने बताइरहेका बेला अनसनबाटै सरकारलाई गलाउँछु भन्ने डा. केसीको अड्डीका कारण जुम्लामा दुर्भाग्यपूर्ण घटना हुन पुग्यो । टिचिङ अस्पतालका आडजोर्नी विशेषज्ञ डा. केसीले मागले पूरा नपाएसम्म अनसनलाई निरन्तरता र प्राथमिता देलान् । तर, उनको अनसनका कारण उपचार नपाइरहेका गरीब नागरिकले उपचारका लागि कहाँ जाने ? अनि उनका समर्थक डाक्टरहरु उसैगरी आन्दोलन गर्लान् । सेवा सुविधा ठप्प पार्लान् । निर्दोष बिरामीले उपचार नपाएर अकालमा ज्यान गुमाउँलान् ।

हालसम्म १८६ औं दिन अनसन बसेका डा. केसी २० दिन जुम्लामा बाहेक सबै दिन टिचिङ अस्पतालमा अनसन बसेका छन् । हिजोदेखि पुनः पूरानै स्थानमा अनसन बस्न शुरु गरेका छन्, अनिश्चितकालका लागि । डा. केसी अहिले १५ औँ अनसनको दौरानमा छन् । अहिले डा. केसी र अनसन एक अर्काको पर्याय जस्तै बनेका छन् भन्दा फरक नपर्ला । यो पटक पनि डा. केसीको एजेण्डाले पार नपाए के होला ? त्यो हेर्दै जाउँला । तर, महत्वपूर्ण कुरा डा. केसी आफ्ना समर्थकहरुको सहयोगमा अनसन बसिरहँदा डा. केसी कार्यरत अस्पताललाई कति घाटा र नोक्सानी भइरहेको छ ? यसबारे सोच्ने कि नसोच्ने ? अस्पतालका सेवा ठप्प पारेर आन्दोलन गरिरहँदा भइरहेको आर्थिक घाटाको जिम्मेवार को बन्ने भन्ने कुरा पनि अहिले चर्चाको विषय बनिरहेको छ ।

स्रोतका अनुसार प्रत्येक दिन टिचिङ अस्पिटलमा २५ लाखसम्मको कारोबार हुने गरेको छ । त्यसलाई आधार मानेर भन्ने हो भने अस्पतालले केसीको अनसनाट हालसम्म ४१ करोड २५ आर्थिक नोक्सानी व्यहोरी सकेको छ । अनसन बस्ने क्रम जारी रह्यो र डाक्टरहरुले समर्थन जनाउँदै काम बहिष्कार गरे अझै यो तथ्याङ्क बढ्ने निश्चित छ । डा. केसीको माग जायज भए पनि आन्दोलनको प्रकृति र समर्थकको शैलीले सर्वसाधरण नागरिकलाई समस्यामा पारिरहेको जानकार बताउँछन् ।

त्रिबि अन्तर्गतकै अस्पतालमा कार्यरत डाक्टरले सर्वसाधरणको जीवनसँगै खेलबाँड हुने गरी अस्पतालका सेवाहरु ठप्प बनाएर सडक तताउनु शोभनीय नहुने जानकार बताउँछन् । अहिले अन्यत्रको कुरा छाडौं डा. केसी कार्यरत अस्पतालमा संवेदनशिल विरामीहरुले समेत उपचार पाउन सकिरहेका छैनन् । जीवनको मूल्य बुझेका डा. केसीले आफ्नो आन्दोलनका कारण कतिको जीवन मृत्युको मुखमा पुगिरहेको छ भन्ने कुरा बुझाउन पक्कै पनि नपर्ला कि ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७