जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?


५ श्रावण २०७५, शनिबार
DR KC 1 1

काठमाडौं, ५ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।DR KC 1

प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा। तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।

नागरिक दैनिकको पृष्ठ २ मा प्रहरीका दुई झुट शिर्षकमा समाचार छापिएको छ । आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण नगर्न’ अपिलसमेत गरेको थियो । आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भिड नियन्त्रण गर्ने स्थिति किन बन्यो ?

यस्तै कान्तिपुरको पृष्ठ २ मा किन झुट बोल्यो प्रहरीले शिर्षकमा समाचार छापेको छ । समाचार अनुसार, जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे रु प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७