डा. केसीलाई गलाउन सरकारका तीन रणनीति


५ श्रावण २०७५, शनिबार
DR KC 1 1

काठमाडौं, ५ साउन । अनशनको २० औं दिन बिहीबार जबर्जस्ती जुम्लाबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सघन उपचार कक्षा (आईसीयू) नजाने अडान राखेपछि उनको स्वास्थ्यस्थिति शीघ्र रूपमा अझै कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् । अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।DR KC 1 1

महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको पुरानै कक्षमा अनशन जारी राखेका डा। केसीलाई छाती दुखिरहेको, श्वासप्रश्वासमा अप्ठेरो भइरहेको र पिसाब फेर्नसमेत सकस भएको उनका सहयोगी चिकित्सकले बताए । उनमा मांशपेसी बाउँडिने, वाकवाकी लाग्नेलगायत समस्या पनि देखा परेका छन् । ‘पिसाब फेर्न शौचालय जान सक्नुहुन्न, सुतेकै स्थानमा दुई÷तीन जनाले सहयोग गर्नुपर्ने स्थिति छ’, डा। केसीका विद्यार्थीसमेत रहेका सहयोगी नारायण कँडेलले भने, ‘उहाँले आफ्नो स्वास्थ्य स्थितिभन्दा पनि आफ्ना मागलाई प्राथमिकतामा राखिरहनुभएको छ ।’ जुम्लाबाट ल्याइएपछि पूर्णरूपमा स्वास्थ्य जाँच गर्नसमेत नमानेका डा। केसीको मुटुको चाल नाप्ने ईसीजी मनिटरसमेत अस्वीकार गरेका छन्।

डा। केसीको स्वास्थ्य कमजोर बन्दै गइरहे पनि सरकारले सत्याग्रहीका मागप्रति चासो देखाएको छैन । शुक्रबार रातिसम्म सरकारका तर्फबाट उनलाई भेट्न कुनै प्रतिनिधि शिक्षण अस्पताल पुगेका छैनन् । यद्यपि, सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच समसामयिक विषयमा शुक्रबार राति अवेरसम्म बालुवाटारमा छलफल भइरहेको स्रोतले बताएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘समस्यालाई कसरी सम्बोधन गर्नेमा पहलकदमी भइरहेको छ । वार्ताबाटै समस्या समाधान गर्ने हो । डा।केसीसँग बसेरै छलफल हुन्छ ।’ डा। केसी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्दा दमन गर्ने दोषीहरूलाई कारबाही र संसद्मा दर्ता गरिएको अध्यादेश फिर्ता हुनुपर्ने ‘बटमलाइन’ राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७