एक अर्बभन्दा बढीको कारोवार


५ श्रावण २०७५, शनिबार
decreasing share

काठमाडौँ, ५ साउन । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।decreasing share

गत साता १९१ कम्पनीको रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ७० अंकले घटेर अन्तिम दिन एक हजार १९३ दशमलव ३९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३९ अंकले घटेर २५१ दशमलव ४२ अंकमा आइपुगेको छ ।

यस साता कारोवार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो संस्थाको रु ३५ करोड ८० लाख १० हजारबराबरको कारोवार भएको छ ।

त्यसैगरी कारोवार भएको शेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा छ । सो संस्थाको १२ लाख ५२ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यस साता नेपाल स्टक एक्सचेन्जका कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन । यस साता विभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयरसमेत स्टकमा सूचीकृत भएका छन् ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७