मेयर सुब्बाको महाप्रस्थान : अन्तिम बिदाईमा हजारौ धरानबासी {फोटो फिचर सहित}


५ श्रावण २०७५, शनिबार
Tara Subba Dharan 2

भीमज्वाला राई
सुनसरी, साउन ५  : उपचारका क्रममा गत मंगलवारका ग्रान्डी अस्पतालमा मृत्यु भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा अन्तिम बिदाई गरिएको छ । मेयर सुब्बालाई श्रद्धाञ्जली दिनका लागि हजारौं धरानीबासी शनिबार धरानको पब्लिक उच्च माविको खेल मैदान पुगेका थिए ।

विकासप्रेमी नेताका रुपमा धराने जनताले मायां र विस्वास गरेका धरानका नगर प्रमुख तारा सुब्बाको महाप्रस्थानमा शनिबार धराने जनताले गहै मनले अन्तिम विदाई गरे । २०७४ साल असार २६ गते राती १० वजेर ५० मिनट जादा निर्वाचन आयुक्तले तारा सुब्बालाई धरानको मेयरमा विजयी भएको घोषणा गरेका थिए । तिनै धरानका प्रिय नेताको २०७५ साउन १ गते निधनको खबरले सबलाई स्तव्ध बनाएको थियो ।  धरानको समृद्धि र विकासको संकल्प उनले सबैसंग साटेका थिए र विस्वास गरेर धरानका २० वटा वडाका जनताले २० हजार ९ सय ७५ मत दिएर प्रतिद्धन्द्धी भन्दा ४ हजार ८ सय ५५ मत अन्तरमा विजयको माला पहिर्याईदिएका थिए । र धरानको समृद्धिका सपनाको पोका भर्खरै खोल्न सुरु गरेका थिए ।

सकल्प पुरा गर्ने कामको सुरुवात गर्दै थिए, कामका सुत्रहरुलाई साझा प्रतिवद्धताका रुपमा दस्तावेजिकरण गरिसकेका थिए । बांकी थियो मेयर तारा सुब्बाको संकल्प र प्रतिवद्धता पुरा गरेको घोषणा गर्न तर त्यस अगावै मेयर घोषणा भएको ३ सय ७२ दिन पुगेकै दिन ग्राण्डि अस्पतालका चिकित्सकहरुले उनै तारा सुब्बालाई मृत घोषणा गरिदिए ।

२०७४ साल असार १४ गते भएको स्थानिय निर्वाचनमा प्रिय नेता सुब्बालाई मत दिएर मेयरमा विजयी बनाउदा सडकमा फुलमाला, अविर र विजयको नारा घन्काएर बधाई साटासाट गर्दै रमाएका धराने जनता एक वर्षपछि उसैगरी सडकमा लामबद्ध र फुलमाला लिएरै आएका थिए तर शोक धुनमा मलिन अनुहार लिएर आफ्ना प्रिय नेतालाई अन्तिम विदाईका लागि लामबद्ध थिए ।

२०७५ असार ११ गते र १२ गते धरानको नगरसभाका तयारीकै क्रममा बढेको दौडधुपले मेयर सुब्बालाई जेठ अन्तिमसातादेखिनै अस्वस्थ बनाएको थियो । उनले आफ्नो स्वास्थ्य भन्दा प्राथमिकतामा नगरसभालाई राखे, धरानको समृद्धि र विकासलाई ठाने । मृगौला प्रत्यारोपण गरेको स्वास्थ्य अवस्थालाई समेत वास्ता नगरि संकल्प पुरा गर्ने काममा जोतिए, उपचार तत्काल गर्ने विषयलाई लत्याईदिए नगरसभा सकिएर असार १४ गते उपचारमा राजधानी पुग्दा निकै ढिला भईसकेको थियो । धरानको विकास र समृद्धिका लागि एक वर्षको योजना बनाएर उपचार गर्न गए तर उनि कहिल्यै नफर्किने गरि सदाका लागि विदा भए ।

उनको महाप्रस्थानले धरान अभिभावकविहिन भएको छ, धरानलाई समृद्ध बनाउने सपना र योजनाहरुलाई असरल्लै छाडेर उनि विदा भएका छन् । भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, सास्कृतिक सम्पदाहरुको संरक्षण, सकुम्बासीहरुको व्यवस्थापन र राहत, शिक्षा र स्वास्थ्यको हब, केवलकार सञ्चालन र स्मार्टसिटी सहितको आधुनिक शहर निर्माण गर्ने उनका योजना र धराने जनताका विस्वासलाई अधुरै राखेर उनी विदा भएका छन् ।

यसरी भयो विदाई
१. शनिबार विहान ७ वजेदेखि साढे ९ वजेसम्म मेयर तारा सुब्बाको पार्थिव शरिर धरान १७ स्थित उनकै विासमा राखिएको थियो । त्यहां मेयर सुब्बालाई आफन्त, ईष्टमित्र तथा स्थानिय पार्टीका नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।  साउन १ गते काठमाण्डौं ग्राण्डिबाट मेयरको पार्थिव शरिरलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको थियो । मेयर सुब्बालाई उनले जिवित हुंदा प्रयोग गर्ने सर्ट, पाईनट, कोट, चस्मा र नेपाली ढाका टोपी र टाई लगाएर कफिनमा राखिएको थियो ।

२. विहान १० वजे धरान उपमहानगरपालिका प्राङगणमा राखिएको थियो जहां नगरपालीकाका कर्मचारी, २० वटै वडाका जनप्रतिनिधिहरुले अन्तिम श्रद्धाञ्जली दिईएको थियो । नगरपालिकाका सुरक्षाकर्मीहरुले राष्ट्रिय धुन सहित आफ्ना नगरपितालाई अन्तिम सलामी सहित श्रद्धाञ्जली दिएका थिए ।

३. विहान ११ वजे धरान १२ स्थित पव्लीक उच्च माविको प्राङगणमा खुल्ला श्रद्धाञ्जलीका लागि राखिएको थियो । जहां संघिय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले शोक वक्तव्य सहित राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । त्यस्तै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समेत राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । संघिय तथा प्रदेशका मन्त्रीहरु तथा सांसदहरु, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य भीम आचार्य, केन्द्रीय सदस्यहरु, पार्टीका जनसंगठनका केन्द्रीय कमिटीका नेताहरु, देशका विभिन्न महानगर, उपमहानगर, नगर तथा गांउपालिकाका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिहरु, हजारौंको संख्यामा उपस्थित सर्वसाधारण जनताले । श्रद्धाञ्जली अर्पण गरेका थिए ।

४. अपरान्ह २ वजेदेखि फुल र मेयर सुब्बाका तस्विरले सुसज्जीत सवारीमा मेयर सुब्बाको पार्थिव शरिर राखेर धरानका विभिन्न चोक, गल्ली र सडकहरु परिक्रमा गराएर धरान १९ स्थित हरियाली सामुदायीक बनमा लिम्बु परम्परा अनुसार अन्त्यष्टि गरिएको थियो । अन्त्यष्टिस्थलमा मेयर सुब्बाको हुक्पा चोङबाङहरुको सस्थाको तर्फबाट समुदायका सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

तस्विरमा मेयर तारा सुब्बाको अन्तिम विदाई
तस्विर : विकास चाम्लिङ राई

Tara Subba Dharan 1

Tara Subba Dharan 2 Tara Subba Dharan 3Tara Subba Dharan 5 Tara Subba Dharan 6 Tara Subba Dharan 7 Tara Subba Dharan 8 Tara Subba Dharan 9 Tara Subba Dharan 10

Tara Subba Dharan 11 Tara Subba Dharan 12

Tara Subba Dharan 4

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७